एमालेमा २१० जना पार्टी प्रवेश

Newslaya Home

एमालेमा २१० जना पार्टी प्रवेश

बिहीबार १२, साउन २०७४

इटहरी । नेकपा एमाले ४ नं. वडा कमिटिको उम्मेदवारी घोषणा सभामा २१० जना पार्टी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका क्षेत्रीय सदस्य रमेश दाहालसहित २१० जना युवाहरु अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको ४ नं. वडामा एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार चन्द्र भट्टराईले जानकारी दिए । वडा नं. ४ बाट खुला सदस्यमा शान्तीराम गौतम र डिकबहादुर राई छन् भने महिला सदस्यमा लक्ष्मी शर्मा चापागाई र दलित महिला सदस्यमा पार्बता बराईली उम्मेदवार छन् ।
इटहरीका पूर्वमेयर सर्वध्वज साँवा सहभागि कार्यक्रममा सावाँसहित इन्दु गौतम, रेवती घिमिरे, चन्द्र भट्टराईलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा टोलटोलबाट ¥यालीसहित एक हजार जना वडावासीको सहभागिता थियो ।