निर्वाचनका प्रक्रिया मंगलबारदेखीअघि बढ्ने

Newslaya Home

निर्वाचनका प्रक्रिया मंगलबारदेखीअघि बढ्ने

बिहीबार १२, साउन २०७४

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याएको छ ।
आयोगले सोमबारदेखि ४६१ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सन्चालनमा ल्याएका हो । कार्यालय सन्चालनका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृत खटाइसकेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबारदेखि निर्वाचनका लागि प्रक्रिया अघि बढ्ने जानकारी दिए । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगको पुर्वनिर्धारित कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता र २२ गते उम्मेदवारहरुलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको छ ।
आयोगले दोस्रो चरणको निर्वाचनका लागि आउँदो २८, २९ र ३० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी रहेको जनाएको छ । यस्तै, २७, २८ र २९ गते मतदान केन्द्रमा मतदाता शिक्षा प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
आयोगले मतदाता परिचयपत्र लिन पुग्ने सबैलाई मतदान गर्ने तरिकाबारे सिकाइने र मतदातालाई जानकारी गराउन मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राख्ने तयारी गरेको जनाएको छ ।