Newslaya Home

समाज

  • कालाजारले सर्लाहीमा ८ को मृत्यु

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    मलंगवा । सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजार रोगबाट ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट गएको स्वास्थ्य टोलीले मृत्युको पुष्टि गरेको हो । बिरामी परेका १३ जनाको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।
    मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उनका ३० वर्षीय छोरा मेघो....

  • प्रशासनको सूचनापछि धमाधम हतियार बुझाइदै

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    कपिलवस्तु । कपिलवस्तुमा लाइसेन्स प्राप्त ३७ वटा हतियार प्रहरी समक्ष बुझाइएको छ । स्थानीय तहको निर्वाचनमा लाइसेन्स प्राप्त हतियारबाट पनि कुनै खलल पुग्न सक्ने भन्दै स्थानीय प्रशासनले हतियार बुझाउन सूचना जारी गरेपछि सर्वसाधारणले आफूसँग भएको हतियार प्रहरीलाई बुझाएका थिए ।
    ७ दिन भित्र प्रहरीलाई....

  • सेती नदीमा डुबेर २ युवक बेपत्ता

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    कैलाली । सेती प्राबिधिक शिक्षालयका भवनहरु मर्मतसम्भारको काम गरिरहेका दुई जना युवक मंगलबार दिउँसो सेती नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानएको छ ।
    युवकहरु नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । बेगत्ता हुनेहरुमा महोत्तरी जिल्ला साबिकको बर्दिबास नगरपालिका बस्ने १९ वर्षीय बिशाल....

  • हावाहुरीको कारण खोटाङमा विद्युत अवरुद्ध

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    खोटाङ । आइतबार राति चलेको हावाहुरीले लाइनको तार चुडिँदा खोटाङमा आइतबारदेखि विद्युतको आपूर्ति ठप्प भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको तार चुडिँदा खोटाङ र ओखलढुङ्गाका केही ठाउँमा विद्युत अवरुद्ध भएको हो ।
    अवरुद्ध विद्युत मर्मतका लागि प्राविधिक टोली खटाइसकिएको नेपाल विद्युत प्राधिकरण....

  • उपत्यका ‘हर्न निषेधित क्षेत्र’

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं । बैशाख एक गतेबाट लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने भएको हो ।
    यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो ।....

  • प्रहरी भन्दै ठग्ने पक्राउ

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    झापा । सादा पोशाकको प्रहरी भन्दै ठगी गर्ने व्यक्ति झापामा पक्राउ परेका छन् । मेची नगरपालिका ७ का २५ वर्षिय देवराज राई पक्राउ परेका हुन् ।
    विर्तामोडका विभिन्न पसल तथा होटलहरुमा आफू सिभिल प्रहरी भएको भन्दै व्यवसायीसँग वादविवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो....

  • प्रकाशपुरमा अग्निपीडितलाई राहत वितरण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । आइतवार साँझ सुनसरीको बराह नगरपालिका ९, साविकको प्रकाशपुर ५ मा भएको आगलागीमा घरबार गुमाएका परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको छ । आगलागीका कारण घरटहरा जलेका परिवारलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली सहितको टोलीले राहत वितण गरेकोे थियो ।
    टोलीले....

  • इलाममा अझै असुरक्षित गर्भपतन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इलाम । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा भने अझै असुरक्षित तरिकाले गर्भपतन गरिरहेका छन् । यसरी असुरक्षित तरिकाले गर्भपतन गराएका धेरै महिला थप उपचारका लागि अस्पताल जाने गरेका छन् । इलाम अस्पतालको तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना....

  • समीट बैंकले गर्यो कर्जा मिनाहा

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    पाँचथर  । पछिल्लो समय ग्रामिण क्षेत्र सम्म गएर बचत संकलन तथा ऋण प्रवाह गर्ने लघुवित्त बैंकहरु बढ्दै गइरहेका छन्। हिमाल देखी तराइका विभिन्न गाउगाउमा समुह निर्माण गरी विशेषत महिला सशक्तिकरणको क्षेत्रमा पनि यस्ता लघुबित्त बैंकहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
    यसरी गाउमा....

  • विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इनरुवा । सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्रियाशील सुनसरी सृजनशील परिवार नेपालले कोशी पारीको गाउ श्रींलका टापुमा शैक्षिक सामग्री आइतबार वितरण गरेको छ ।
    रोजगारीका लागि विदेशीएका युवाहरुद्वारा गठित सो संस्थाले आर्थिक संकलन गरेर सामाजिक कार्यमा खर्चदै आएको छ । बराह नगरपालिकाअन्तर्गत पर्ने श्रींलका टापुमा अवस्थित....