Newslaya Home

समाज

  • एकै परिवारका चार जनाद्वारा आत्महत्या

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    बनेपा । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपामा एकै परिवारका चार जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । बनेपा-२ टुकुचा निवासी बनेपा-८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा एकै परिवारका बाबु, आमा, छोरा र छोरीले आत्महत्या गरेकाहुन् ।

    ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय....

  • विपी स्मृतीमा रक्तदान, एक सय ५७ पिन्ट रगत संकलन

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिका झुम्कामा भएको रक्तदान कार्यक्रममा एक सय ५७ पिन्ट रगत संकलन भएको छ । ३५ औं विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नगर समितिको आयोजनामा भएको कार्यक्रममा सो रगत संकलन भएको हो ।
    पूर्वमा पछिल्लो समय रगत अभाव भइरहेको बेला....

  • दुई जनाको मृत्यु

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । शुक्रबार दिउँसो सुनसरीमा दुई जनाको ज्यान गएको छ । रामधुनी २ स्थित नहरको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । सुनसरी–मोरङ्ग सिंचाई आयोजनाको नहरमा खेल्ने क्रममा स्थानिय जाहिर खातुनकी तीन वर्षिया छोरी मजरुन खातुनको डुबेर मृत्यु भएको हो ।
    यस्तै शुक्रबार दिउँसो....

  • फेसबुकबाट ठगी गर्ने पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । फेसबुकमार्फत ठगी गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीनजनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्रउ गरेको जनाएको छ ।
    पक्राउ पर्नेहरुमा धादिङ धुनीबेसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर....

  • हात्तीले लियो ज्यान

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । सुनसरीको बराह नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–६ रामबहादुर मगर रहेका छन् ।
    कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले शुक्रबार विहान आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शवपरीक्षणका लागि बिपी कोइराला....

  • छुरा प्रहारबाट एक महिला घाइते

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाँछीमा बिहीबार अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक महिला घाइते भएकि छिन् ।

    छुरा प्रहारबाट सोही ठाउँकी करिब २० बर्षीया दुर्गा उराव घाइते भएकि हुन् । राती करिब साढे आठ बजेतिर जामुनगाँछीबाट घरतर्फ जादैगर्दा घर भन्दा ३ सय मिटर पूर्व दुर्गालाई पैदल....

  • कार्यालय प्रमुख नहुँदा तीन प्रशासनिक सेवा ठप्प

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    तेह्रथुम । जिल्लाको सक्रान्तिबजारमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा तीन महिनादेखि सेवा ठप्प भएको छ ।
    कार्यालय स्थापना भएको डेढ वर्ष नबित्दै कार्यालयको सेवा ठप्प हुँदा आठराईका बासिन्दा प्रशासनिक सेवा सुविधा लिन सदरमुकामसम्म जान बाध्य भएका छन् ।
    तत्कालिन कार्यालय प्रमुख....

  • चार नाल बन्दुक सहित एक पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    मोरङ । केराबारीमा चार नाल भरुवा बन्दुस सहित एक पक्राउ परेकाछन् । केराबारी–८ हजारबिघहाबाट प्रहरीले विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका छत्रबहादुर घोर्षाने रहेका छन् ।
    उनले गोठमा बन्दुक लुकाएर राखेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र शसस्त्र प्रहरी....

  • मोटरसाइकल अनियन्त्रित हुँदा एक घाइते

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    झापा । मोटरसाईकल दुर्घटनामा परि जिल्लाको कमल गाउँपालिकामा एक जना घाइते भएकाछन् । कमल गाउँपालिका–५ साबित्रा चौकमा विहीबार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २४ वर्षीय पदम विश्वकर्मा घाइते भएकाहुन् ।

    घाइते हुनेमा मे १ प ६७७२ नम्बरको मोटरसाइकल चालक विश्वकर्माको शरीरको विभिन्न भागमा चोट लागेको....

  • पहिरोमा पुरिएर एक बालिकाको मृत्यु

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    डोटी । डोटीमा अबिरल वर्षासँगै गएको पहिरोले घर भत्काउँदा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ ।
    पहिरामा परी सायल गाउपालिका–१ बिनेबडाका हरिमल भुलकी चार वर्षीया छोरी मनिसा भुलको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर....