Newslaya Home

पूर्व

  • अब प्रदेश १ का सबै सवारी चालकले अनिवार्य पोशाक लगाउनुपर्ने

    न्यूजलय बिहीबार २४, माघ २०७५

    इटहरी । प्रदेश १ का सबै सवारी साधनका चालक तथा सह चालकहरुले फागुन १५ गतेदेखि अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ । 

    सबै सवारी साधनको लागि यस्तो व्यवस्था गर्न लागिएको यो नेपालमै पहिलो हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले चालकहरुलाई अनुशासित र....

  • ​सवारी नियम उल्लंघनको जरिवाना अब बैंकिङ प्रणालीमा

    न्यूजलय बिहीबार २४, माघ २०७५

    इटहरी । प्रदेश नम्बर १ का तीनवटा जिल्ला (सुनसरी, मोरङ र झापा)मा सवारी नियम उल्लंघनको जरिवाना बैंकिङ प्रणालीबाट संकलन गर्ने तयारी थालिएको छ । 

    क्षेत्रिय ट्राफिक कार्यालयका प्रमुख एसपी रविराज पौडेलका अनुसार उपत्यका भन्दा बाहिर यस्तो प्रकारको प्रणाली पहिलो पटक लागु गर्न....

  • ​विराटनगरबाट श्रम स्वीकृति दिन शुरु

    न्यूजलय बुधबार २३, माघ २०७५

    विराटनगर । प्रदेश एकको अस्थायी राजधानी विराटनगरबाट आजदेखि श्रम स्वीकृति दिने कार्य शुरु गरिएको छ । 

    विराटनगर पोखरीयास्थित कार्यालय परिसरमा आज आयोजित सेवा आरम्भ कार्यक्रमबीच प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रम स्वीकृति दिने कार्यको शुभारम्भ गरेका थिए । 

  • ​आजबाट विराटनगरबाट पनि श्रम स्वीकृति

    न्यूजलय बुधबार २३, माघ २०७५

    विराटनगर । आज (बुधबार) बाट  प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति हुने भएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो। 

    विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम....

  • ​पहिलो पटक प्रदेश १ मा ‘प्याराग्लाइडिङ’ उडाउने तालिम हुँदै

    न्यूजलय मङ्गलबार २२, माघ २०७५

    इटहरी । प्रदेश १ मा पहिलो पटक प्याराग्लाइडिङ सम्बन्धि तालिम शुरु गरिएको छ । धरानको बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रा.लिले धरानको चिण्डे डाँडाबाट १५ दिनको (बेसिक प्याराग्लाइडिङ कोर्स) तालिम शुरु गरेको हो ।

    पहिलो चरणको तालिममा १४ जना सहभागी भएका छन् । ले....

  • ​गर्भवती लिएर सोलुखुम्बुबाट उडेको हेलिकोप्टरमै जन्मियो शिशु

    न्यूजलय सोमबार २१, माघ २०७५

    सोलुखुम्बु । गर्भवती लिएर उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । सोलुखुम्बुबाट काठमाडौं जाँदै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो ।

    सोलुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् । 

    हेलिकप्टरका अपरेसन इन्चार्ज श्रीहरि....

  • ​धरानको घण्टाघरमा सिसिटिभि क्यामेरा जडान

    न्यूजलय सोमबार २१, माघ २०७५

    धरान । धरानको भानुचोकस्थित घण्टाघरमा सिसि टिभि क्यामरा जडान गरिएको छ । घण्टाघरमा अश्लिल गतिविधिहरु बढेपछि घण्टाघर व्यवस्थापन समितिले भित्र र बाहिर सिसि टिभि क्यामरा जडान गरेको हो । 

    सिसि टिभि क्यामरा जडान गरपछि घण्टाघर भित्रको मात्र नभई भानुचोक क्षेत्र, बगैचा, गणेश....

  • ​खोला मजदुरद्वारा अर्जुनधारा नगरपालिका कार्यालय तोडफोड

    न्यूजलय सोमबार २१, माघ २०७५

    बिर्तामोड । बिर्तामोडको अर्जुनधारा नगरपालिका कार्यालय खोला मजदुरले तोडफोड गरेका छन् । 

    खोलाबाट ढुंगा, गिटी तथा बालुवा निकाल्न ठेक्का पाएको एसयुएस कन्स्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुरको बिचल्ली भएको भन्दै नगरपालिका कार्यालय तोडफोड गरेका हुन् । 

    नगरपालिकाले सम्झौताबमोजिम खोलाजन्य....

  • ​लेदो भेटिएको फ्रुटी पिउँदा रक्सी गह्‍नायो !

    न्यूजलय आइतबार २०, माघ २०७५

    झापा । दुगड फुड एण्ड वेभरेज काठमाडौंबाट उत्पादित फ्रुटीमा लेदो भेटिएको छ ।  

    झापाली महिला पत्रकार सुभद्रा खडकाको दाहसंस्कारमा गएका मलामीजनलाई वितरण गरिएको फ्रुटीमा लेदो भेटनुका साथै रक्सीजस्तो गह्‍नाएको हो । 

    फ्रुटीमा लेदो भेटिएपछि मलामी जानेहरूबीच केहीबेर खैलाबैला मचिएको....

  • ​झापामा मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

    न्यूजलय आइतबार २०, माघ २०७५

    बिर्तामोड । झापाको कमल गाउँपालिका–६ दही चोकमा शनिबार राति मोटरसाइकलको ठक्‍करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षीय सुरज ऋषिदेव रहेका छन् । साँझ साढे ७ बजे पाडाजुंगी–गौरीगंज सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १६....