Newslaya Home

राष्ट्रिय

  • प्रहरी हत्याको आरोप लागेका राज्यमन्त्री साधारण तारेखमा छुटे

    न्यूजलय सोमबार २८, साउन २०७५

    बर्दिबास । प्रहरी मारेको अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा छुटेका छन् ।

    जिल्ला अदालत महोत्तरीमा सोमबार हाजिर भएका उनी थुनछेक बहसपछि साधारण तारेखमा छुटेका हुन् । 

    मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमनबहादुर बिश्वकर्माको....

  • ​मुलुकी ऐन संशोधन नगरे भदौ १ देखि बिरामी नजाँच्ने चिकित्सक संघको घोषणा

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन नगरे भदौ १ गतेबाट एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने घोषण गरेको छ ।

    संघले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स....

  • प्रदेश २ को नाम मधेस राख्नुपर्छ भन्नेहरु कम, यस्ता नामहरु प्रस्ताव

    न्यूजलय सोमबार २८, साउन २०७५

    वीरगञ्ज  । प्रदेश २ को नाम मधेस राख्नुपर्ने विभिन्न राजनीतिक दलका नेताहरुको माग छ । तर तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको यो प्रदेशको नाम साहित्यकारहरुले भने फरक प्रस्ताव गरेका हुन् ।

    साहित्यकारलगायत बौद्धिक वर्गमध्ये निकै कमले मात्र प्रदेश २ को नाम....

  • ​ट्वीटर, फेसबुक र भाइवर सरकारी कार्यालयमा अनिवार्य

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाडौँ । अब सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । सेवाग्राहीलाई सूचना प्रदान गर्न सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि....

  • ​प्रदेश नं.२ का राज्यमन्त्री शर्माले गरे अदालत समक्ष आत्मसमर्पण

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाण्डौ । प्रदेश नं.२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।

    शर्माले सोमवार बिहान अदालत पुगेर आत्मसमर्पण गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

    उच्च अदालत जनकपुरले केही दिन अगाडी....

  • ​देशभर तीन दिन वर्षा हुने

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाडौँ । गए रातिदेखि परेको पानी अझै तीन दिनसम्म पर्ने जलतथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सूचना जारी गर्दै सोमबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानहरूमा हल्का देखी मध्यम खालको वर्षा हुने जनाएको हो ।

  • ​विमानस्थलमा वर्षाका कारण अवतरण हुन नसक्दा विमान आकाशमै होल्ड

    न्यूजलय सोमबार २८, साउन २०७५

      काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो वर्षाका कारण उडान र अवतरण बन्द भएको छ । 

    ठूलो पानी परेकाले सोमबार बिहान सवा १० बजेदेखि उडान र अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

    वर्षाका कारण भिजिबिलिटी कम हुँदा....

  • ​भिख माग्नेलाई एक महिना, माग्न लगाउनेलाई एक वर्ष कैद

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाडौं । आउँदो भदौ १ गतेदेखि सडकमा बसेर वा घरघरमा डुलेर माग्न नपाउने भएको छ । कसैले मागेमा उनीहरुले जरिवाना र कैद सजायसमेत ब्यहोर्नुपर्नेछ । मुलुकी अपराध (संहिता) ऐनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख गरिएको छ ।

    ऐनको दफा १२६....

  • ​वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या ८२१ पुग्यो

    न्यूजलय सोमबार २८, साउन २०७५

    काठमाडौं । रोजगारीका क्रममा बिदेशिएका युवाको ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे भने मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । 

    आर्थिक वर्ष २०७३–७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको....

  • ​प्रकाण्डलाई छुटाउन सर्बोच्चमा रिट

    न्यूजलय आइतबार २७, साउन २०७५

    काठमाडौैं । विप्लब नेतृत्वको नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निबेदन दर्ता गरिएको छ ।

    जबर्जस्ति कानुनको बाटो भन्दा बाहिरबाट कारागारमा राखिएको भन्दै रिहाईको आदेश दिन मागसहित आइतवार सर्वोच्चमा मुद्दा दर्ता....