Newslaya Home

राष्ट्रिय

  • सरकारले ​फागुनदेखि बेरोजगार भत्ता दिने

    न्यूजलय बिहीबार २४, माघ २०७५

    काठमाडौं । सरकारले यहि फागुनदेखि बेरोजगार भत्ता दिने  भएको छ ।  स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ फागुनदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको हो। 

    प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा....

  • सरकारी गाडी जलाउने तीन जना नेविसंघका कार्यकर्ताविरुद्द सार्वजनिक मुद्धा

    न्यूजलय बुधबार २३, माघ २०७५

    काठमाडौं । प्रहरीले सरकारी गाडी जलाएको आरोपमा पक्राउ परेका नेविसंघका तीन कार्यकर्ताविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ ।

    पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए । ऐनअनुसार विद्यार्थी नेताहरुलाई....

  • ​धरानसम्म लाने गरी विराटनगर–इटहरी मोनोरेल (भिडियोसहित)

    न्यूजलय बुधबार २३, माघ २०७५

    विराटनगर । विराटनगरदेखि धरान सम्म मोनोरेल कुद्ने योजना बनाइएको छ । सोअनुसार पहिले विराटनगरदेखि इटहरीसम्म मोनोरेल निर्माणको लागि एउटा कम्पनिले लगानी जुटेको घोषणा गरेको छ ।

    मोनोरेल निर्माणका लागि भारतीय कम्पनिसँग ३२ अर्बको लगानी सम्झौता भएको मोनोरेल निर्माणको लागि सम्भाव्यता अध्ययन तथा....

  • ​बन्द हुँदै स्मार्ट लाइसेन्स

    न्यूजलय बुधबार २३, माघ २०७५

    काठमाडौं ।  सरकारले तयारी बिना नै ल्याएको स्मार्ट लाइसेन्स अन्ततः बन्द हुने भएको छ ।

    सरकारले तयारी बिना नै पपुलर बन्न स्मार्ट प्रविधिमा आधारित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने निर्णय गरेको थियो । तर मागबमोजिम आपूर्ति गर्न नसकेपछि स्मार्ट लाइसेन्स नै बन्द....

  • ​पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    न्यूजलय मङ्गलबार २२, माघ २०७५

    काठमाडौं । सरकारले गत कात्तिकदेखि बढाएको पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्दशम्शेर जबराको एकल इजलासले सरकारले श्रमजीवि पत्रकार ऐनअनुसार श्रमजीवि पत्रकारहरुको मात्र न्युनतम पारिश्रमिक तोक्न पाउनेमा श्रमजीवि कामदार, कर्मचारीको समेत न्युनतम पारिश्रमिक निर्धारण गरेकाले उक्त....

  • नेविसंघका अध्यक्ष महरसहित ६ जना पक्राउ

    न्यूजलय मङ्गलबार २२, माघ २०७५

    काठमाडौँ । प्रहरीले सरकार विरद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई पक्राउ गरेको छ । 

    उनीहरुलाई प्रहरीले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो । नेविसंघ कास्कीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर झूटा मुद्दा लगाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए....

  • ​३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ

    न्यूजलय मङ्गलबार २२, माघ २०७५

    काठमाडौं । दुबई प्रहरीले ३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई  पक्राउ गरेको छ । 

    खड्कालाई इन्टरपोलको सहयोगमा दुबई प्रहरीले पक्राउ गरेको हो । उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

    खड्काका विरुद्धमा नेपाल....

  • ​भ्रष्टचारको अभियोगमा पूर्वमन्त्रीसहित १४ जना विरुद्ध मुद्दा दर्ता

    न्यूजलय सोमबार २१, माघ २०७५

    काठमाडौं । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  

    अख्तियारले पूर्वमन्त्री न्यौपाने सहित १४ जनामाथि भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५....

  • ​राष्ट्रपति भण्डारीद्वारा मलेसियाका १६ औं नरेशलाई बधाइ

    न्यूजलय सोमबार २१, माघ २०७५

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका १६ औं नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित भएपछि बधाइ दिएकी छिन्। 

    आइतबार बधाइ सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन....

  • ​स्ववियु निर्वाचनको मिति चाँडै तोक्ने त्रिविको तयारी

    न्यूजलय आइतबार २०, माघ २०७५

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । 

    त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीका अनुसार स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको छ । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित....