Newslaya Home

राष्ट्रिय

  • ट्रेण्ड सेटर गोल्ड अवार्डबाट कुलमान घिसिङ सम्मानित

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्डबाट सम्मान गरेको छ । महासंघको ५१औं वाषिर्क साधारणसभामा नेपाल विद्युत प्राकिरणका घिसिङले सार्वजनिक सेवामा सर्बोत्कृष्ट काम गरेको भन्दै सम्मानित गरेको हो ।
    नेपालमा ब्याप्त उर्जा संकटलाई पार लगाउन महत्वपूर्ण काम....

  • संशोधनको नयाँ प्रस्ताव दर्ता गराउने तयारी, मोर्चासँग वार्ता

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौ । सरकारले सोमवार संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गराउने तयारी गरेको छ ।
    संघीय आयोग गठन गरी प्रदेश सिमांकनको विषय टुङ्गो लगाउने तथा नागरिकता, भाषा, माथिल्लो सदनमा प्रतिनिधित्व लगायतका विषयलाई यसअघि दर्ता भएको प्रस्ताव अनुसारनै टुङ्गो लगाउने गरी नयाँ संशोधन प्रस्ताव अघि वढाउने....

  • क्याप्टेन अबैध डलर सहित पक्राउ

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । नेपाल एयरलाइन्सका क्याप्टेन सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।

    महानगरीय....

  • गृहमन्त्री निधिले बनाए यस्तो रणनीति

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पछिको वरीयता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिनुभएका गृहमन्त्री विमलेन्द्र निधिलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि ‘पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने' रणनीति बनाउने भएका छन । कमल थापालाई दोस्रो वरीयतामा राख्ने प्रधानमन्त्री पुष्पकमल दाहालको निर्णयप्रति असन्तुष्ट निधिले अब....

  • अब ४० लाख मतपत्र छाप्न बाँकी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं- स्थानीय तह निर्वाचनका लागि अब ४० लाख मतपत्र छाप्न बाँकी छ। १ करोड २० लाख मतपत्र छाप्ने काम सकिएको छ। निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनकशिक्षा सामग्री केन्द्रलाई दिएको छ। केन्द्रले छपाइका लागि जिम्मा पाएको  करिब १ करोड ६० लाख मतपत्रमध्ये १ करोड २०....

  • गोली हान्ने सुरक्षाकर्मीलाई कारबाही गर : समिति

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । ५ जनाको ज्यान जानेगरी भएको सप्तरी घटनामा गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले सुझाव दिएको छ ।

    एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ मा सप्तरीको मलेठमा भएको सभामा एमाले र मधेसी मोर्चा कार्यकर्ताको झडपमा प्रहरीले चलाएको....

  • दाहालको पहलमा निर्णायक वार्ता हुने

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासित सोमबार बिहान ‘निर्णायक वार्ता’ को तयारी गरेका छन् । आइतबार अपराह्न र साँझ मोर्चा नेतासँग छुट्टाछुट्टै भेट गरेपछि दाहालले सोमबार बिहान १० बजे सरकारी निवास बालुवाटारमा निर्णायक वार्ता गर्दै संविधान संशोधन विधेयकको नयाँ मस्यौदा टुंगो लगाउने निर्णय गरेका हुन्....

  • सीमा क्षेत्रमा मानव तस्करी बढ्यो : एसएसबी

    न्यूजलय शुक्रबार २०, साउन २०७४

    इटहरी । नेपाल–भारत सीमा क्षेत्रमा मानव तस्करी बढेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जनाएको छ ।
    एसएसबीको विज्ञप्तिअनुसार उद्धार भएका महिला र कारवाहीमा परेका मानव तस्करहरुसमेतको तथ्यांकका आधारमा मानव तस्करी बढेको जनाइएको छ । सन् २०१४ मा सीमा क्षेत्रबाट ३३ जना पीडितलाई उद्दार....

  • चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलद्धारा रिले अनसन सुरु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले रिले अनसर सुरु गर्ने भएका छन् । सोमबारदेखि रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन सुरु गर्नेभएका हुन् ।

    सुरुमा विरोधसभा गर्ने र पछि रिले अनशन सुरु गरिने नयाँ शक्तिका नेता परशुराम तामाङले बताए । ८ गतेसम्म....

  • प्रचण्ड र गगन थापाले रक्सी, चुरोट नखाने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएका छन् ।
    नयाँ वर्षको अवसरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
    पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा,....