Newslaya Home

राष्ट्रिय

  • ​दुर्घटनामा घाइते भएका बाराका सिडिओको मृत्यु, छानबिन गर्न माग

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    काठमाडौँ । गत माघ ११ गते सवारी दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । उपचारका क्रममा उनको निधन भएको हो ।

    पिकनिकबाट फर्कने क्रममा भएको दुर्घटनामा सशस्त्र प्रहरीका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै ज्यान गएको थियो ।....

  • ​तीन वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने सरकारको योजना

    न्यूजलय सोमबार ०६, फागुन २०७५

    काठमाडौं । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आगामी तीन वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरेको जानकारी दिए ।

    उनले....

  • ​राप्रपाले गर्यो सरकारविरुद्ध आन्दोलन घोषणा

    न्यूजलय आइतबार ०५, फागुन २०७५

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले आइतबार पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेका हुन् । 

    फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात गर्ने थापाले बताए ।

  • २६ वर्षमा ४५ हजार एनजीओ थपिए, अनुगमन नहुँदा विकृती बढ्यो

    न्यूजलय शनिबार ०४, फागुन २०७५

    काठमाडौं । समाजकल्याण परिषद्का अनुसार विगत २६ वर्षको अवधिमा मात्रै मुलुकमा ४५ हजार एनजीओ थपिएका छन् । त्यसरी थपिएका एनजीओले आफ्नो लक्ष्यअनुसार काम गरे नगरेको बारेमा भने सरकारी निकायले कुनै अनुगमन गर्न सकेका छैनन् । 

    अनुगमन गर्ने प्रमुख जिम्मेवारीमा रहेको समाजकल्याण परिषद्पका....

  • ​घूस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

    न्यूजलय शुक्रबार ०३, फागुन २०७५

    काठमाडौँ । घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शुक्रबार राजीनामा बुझाएका हुन् ।

    पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार बुधबार साँझ सार्वजनिक भएको....

  • ​जापान सरकारसँग नेपाली कामदार नठगिने गरी सम्झौता गर्दै नेपाल सरकार

    न्यूजलय शुक्रबार ०३, फागुन २०७५

    काठमाडौं । नेपाल सरकारले जापानमा नेपाली कामदार पठाउँदा नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गर्ने भएको छ ।

    जापानमा केही सातापछि नै नेपाली कामदार पठाउने प्रक्रिया थालिने गरिने नेपाली अधिकारीले बताएका छन्।

    तर जापान सरकारले....

  • ​वर्तमान सरकार गति र विधि दुवैबाट बिमुख रहेको कांग्रेस नेता पौडेलको आरोप

    न्यूजलय बिहीबार ०२, फागुन २०७५

    विराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गति र विधि दुवैबाट बिमुख रहेको आरोप लगाएका छन् ।
     
    विराटनगर विमानस्थलमा आज (बिहीबार) बिहान सञ्चाकर्मीसंग कुराकानी गर्दे पौडेलले सरकारले नयाँ काममा गति नलिएको र विधिसम्मत ढंगले नचलेको आरोप लगाए । 
    ....

  • अब नेपाली लाइसेन्स पाएकाले विदेशमा सवारीसाधन चलाउन पाउने

    न्यूजलय बुधबार ०१, फागुन २०७५

    काठमाडौं । अब नेपालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका सेवाग्राहीले विदेशमा पनि सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवस्था विभागले यस्तो कानुनी व्यवस्था गर्न लागेको हो ।

    सवारी तथा यातायात व्यवस्था विभाग ऐन, २०४९ नयाँ बनाउने तयारीमा छ । २६....

  • आज प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै

    न्यूजलय बुधबार ०१, फागुन २०७५

    काठमाडौ । बुधबार (आज) सरकारले  ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ ।

    देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको  उद्घाटन गर्दैछन् ।

  • ​शिक्षकले नै परिक्षामा ५ नम्बर भन्दा माथि ल्याउन नसकेपछि...

    न्यूजलय मङ्गलबार २९, माघ २०७५

    काठमाडौं ।  गत असारमा शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको लिखित परीक्षामा करिब ३० प्रतिशभन्दा बढी शिक्षकहरुले ५ नम्बर पनि ल्याउन सकेनन् । यो कति लाजमर्दो कुरो हो ? 

    वर्षौदेखि विद्यालयमा अध्यायपन गराउँदैं आएका शिक्षकहरुको यस्तो नतिजाले उदेक लाग्दो रहेको शिक्षक सेवा....