Newslaya Home

खेल

  • ‘पृतनापति ट्रफि २०७४’ सम्पन्न

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरीस्थित पूर्वी पृतना हेड क्वाटरमा संचालन भएको ‘पृतनापति ट्रफि २०७४’ जेठ शुक्रबार सकिएको छ । प्रतियोगितामा १० विधामध्ये ९ विधामा उत्कृष्ट भएको नं. १८ बाहिनीले च्याम्पियन ट्रफि जितेको छ । पृतनापति उपरथी प्रल्हाद थापाले विजेताहरुलाई शिल्ड तथा प्रमाणपत्र दिएर प्रतियोगिताको समापन गरेका थिए....

  • लिभरपुल तेस्रो स्थानमा उक्लियो

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    काठमाडौं ।आइतबार राती भएको खेलमा जित हासिल गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्यामलाई ४–० ले हराउदै तेस्रो स्थानमा उक्लिएको हो ।
    लिभरपुलको जितमा फिलिप कोन्टिन्होले दुई तथा ड्यानियल स्टुर्रिज र डिवोक ओरिगीले एक....

  • ब्याडमिन्टनमा पूर्वबाट छानिए आठ जना

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । सुनसरीको इटहरीमा मंगलबार सुरु भएको अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्यान्डमिन्टन प्रतियोगिताको फाइनलमा धरानका सुर्य श्रेष्ठ र थमन गुरुङको जोडीले बाजी मारेका छन् ।
    तीन दिनसम्म चलेको छनोट प्रतियोगितामा सुर्य श्रेष्ठ र थमन गुरुङको जोडीले दमकका प्रकाश राई र विसन राईको जोडीलाई २१–९, २६–२४....

  • बाल खेलाडीलाई समस्या

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरीमा भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्षेत्रीय छनोट खेलमा सहभागि भएका एक सय बढी प्रतिष्पर्धीमध्ये सबैभन्दा सानी थिइन् विराटनगरकी ११ वर्षिया रोज पाण्डे । होचो कद अनि पातलो जिउडाल । उनले एक सय बढी प्रतिष्पर्धीहरु सहभागि प्रतियोगितामा सहभागीता जनाइन् ।

    पाण्डेले ब्याडमिन्टन खेल्न थालेको....

  • एउटा हात नभएका हेमको ब्याडमिन्टन रुची

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरीमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मोरंगको पथरीशनिश्चरे १ का हेमबहादुर गुरुङ पनि सहभागि थिए । तर उनी अरुभन्दा फरक थिए । उनको देब्रे हात थिएन । ‘दाहिने हातको पनि दुई वटा औंला छैन,’ उनले भने, ‘यो हात र औला....

  • काममा व्यस्त रहनेको रोजाईमा ब्याडमिन्टन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । अख्तियार कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईको दिनचर्या खेलबाट सुरु हुन्छ । उनले खेल्ने खेल भनेको ब्याडमिन्टन हो । ‘हप्तामा तीन–चार दिन भ्याएसम्म स्वास्थ्य र कसरतका लागि खेल्ने गरेको भट्टराई भन्छन्, ‘इन्डोर र सजिलो खेल भएकोले ब्याडमिन्टन खेल्ने गरेको हुँ ।’
    स्कुले विद्यार्थी....

  • आजदेखि ब्याडमिन्टनको पूर्वाञ्चल छनोट

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्यान्डमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोट खेल मंगलबारदेखि इटहरीमा सुरु हुँदैछ । इटहरीस्थित इटहरी ब्यान्डमिन्टन क्लबको कबर्ड हलमा खेल आयोजना हुने भएको हो ।
    अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरिरहेको प्रतियोगिताको पूर्वाञ्चल छनोट खेलको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले गर्नेछन्....

  • दक्षिण एसियाली योगा च्याम्पियनसिप

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । काठमाडौमा एसियामै पहिलो पटक दक्षिण एसियाली योगा च्याम्पियनसीप सुरु भएको छ ।
    नेपाल योग खेलकुद संघको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन् । ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८....

  • स्वास्थ्य इटहरी नाराको साथ एरिना टेलिभिजनद्वारा इटहरी रन शुरु

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरी स्थित एरिना टेलिभिजनले स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु गरेको छ ।
    इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिए । इटहरीका सम्पूर्ण....

  • मेस्सीको प्रतिबन्ध फुकुवा

    न्यूजलय आइतबार १५, साउन २०७४

    जुरिच । विश्वचर्चित फुटबलर लियोनल मेस्सीविरुद्ध लागेको खेल प्रतिबन्ध फुकुवा भएको छ । यो फुकुवासँगै उनी अब बाँकी तीन खेलमा अर्जेन्टिनाको टिममा देखिने भएका छन् । मेस्सीले गरेको अपिलको सुनुवाई गर्दै प्रतिबन्ध फुकुवा गरेको हो ।
    ० का विरुद्ध १ गोलले विजयी भएको चिलीसँगको....