Newslaya Home

खेल

  • ​फर्मिन्होको आँखाको चोटमा सुधार आउदै

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    काठमाडौं। लिभरपुलका फरवार्ड रोबर्टो फर्मिन्होलाई शनिबार टोटनहम हटस्पर्सबिरुद्धको खेलमा लागेको आँखाको  चोट धेरै गम्भिर नभएको बताइएको छ । 

    स्पर्सका डिफेन्डर जान भेर्टोगेनले आँखामा औँलाले घोचेपछि फर्मिन्हा मैदान छाड्न बाध्य भएका थिए । चोटपछि फर्मिन्होलाई केहीबेर मैदानमा उपचार गरिएको थियो र त्यसको केहि समय....

  • ​साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधी माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनल खेलमा माल्दिभ्सले भारतविरुद्ध २–१ को जित निकाल्दै उपाधी हात पारेको हो । 

    ६ पटकको साफ च्याम्पियनसिप फुटबलको उपाधी जितेको भारतलाई पराजित गर्न माल्दिभ्सका खेलाडी इब्राहिम मुहिदिन....

  • ​तीन मिनेटमा दुई गोल गरेर बार्सिलोनाको जित कायमै

    न्यूजलय आइतबार ३१, भदौ २०७५

    काठमाडौं । स्पेनिस च्याम्पियन बार्सिलोनाले ला लिगा फुटबलको नयाँ सिजनमा लगातारको जितलाई कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडसँग २–१ ले जित हासिल गरेको हो ।

    अवे मैदानमा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेर....

  • ​रंगशाला पुनर्निर्माणको काम नसकिदै प्रतियोगितको घोषणा

    न्यूजलय शुक्रबार २९, भदौ २०७५

    काठमाडौं । ०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको दशरथ रंगशाला अहिले पनि पुनर्निर्माणको काम चलिरहेको छ । तर पनि पुनर्निर्माणको काम सम्पन्न नहु्ँदै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा भएको छ ।

    दशरथ रंगशालामा आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म मदन भण्डारी....

  • ​विश्वकप विजेता फ्रान्सका कप्तानलाई हत्कडी

    न्यूजलय बिहीबार २८, भदौ २०७५

    पेरिस । विश्वकप विजेता टोली फ्रान्सका कप्तान ह्युगो लोरिस पक्राउ परेका छन् । सीमाभन्दा बढी रक्सी पिएर गाडी चलाएको अभियोगमा उनी समातिएका हुन् ।

    गएको अगस्ट २४ मा टोटेनह्याम र फ्रान्सका गोलरक्षक लोरिसलाई ग्लाउसेस्टरको चेक प्वाइन्टमा प्रहरीले रक्सी खाएर गाडी चलाएको अवस्थामा....

  • ​माल्दिभ्ससँग हारेसँगै साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

    न्यूजलय बुधबार २७, भदौ २०७५

    काठमाडौं । माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।  

    बु्धबार भएको माल्दिभ्ससँगको खेलको पहिलो हाफमा १–० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको थियो । खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा....

  • यू–१९ क्रिकेटमा आज नेपाल र एनसीए भिड्दै

    न्यूजलय बुधबार २७, भदौ २०७५

    काठमाडौं । नेपाली क्रिकेट टोली एक दिवसीय सिरिज खेल्न भारत पुगेको छ । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेल बुधबार एनसीए यू–१९ सँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड बीसीआईको निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।

    नेपालको कप्तानी आशिफ शेखको सम्हाल्ने....

  • स्पेनद्वारा क्रोएसिया ६–० को अन्तरले पराजित

    न्यूजलय बुधबार २७, भदौ २०७५

    काठमाडौं । विश्वकप फुटबल २०१८ को उपविजेता क्रोएसिया स्पेनद्वरा ६ गोलको अन्तरले पराजित भएको छ । मंगलबार राति भएको खेलमा  क्रोयसियालाई ६–० ले हराउदै स्पेनले नेशन्स कपमा सानदार जित हासिल गरेको हो ।

    क्रोएसिया विरुद्ध स्पेनले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन....

  • साफ च्याम्पियनसिप फुटबलः नेपालले माल्दिभ्सलाई जित्ला ?

    न्यूजलय मङ्गलबार २६, भदौ २०७५

    काठमाडौं । नेपाली फुटबल टोली साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले बुधबार सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने छ । 

    सेमिफाइनल सम्मको यात्रमा नेपालले प्रायजसो खेलडीलाई फेरबदल गरेको थियो । यद्यपि गोलरक्षक किरण चेक्जोङ र डिफेन्डरमा अनन्त तामाङ, सुमन अर्याल र....

  • ​अफगानस्तान प्रिमियर लिगमा छानिए सन्दीप लामिछाने

    न्यूजलय मङ्गलबार २६, भदौ २०७५

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

    सोमबार युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा आवद्ध गरेको हो । आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीपले १५....