Newslaya Home

खेल

  • इंगलिश प्रिमियर लिग : टोटनहमविरुद्ध म्यानचेष्टर सिटीको साँघुरो जित

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौं । इंगलिश प्रिमियर लिगको शनिबार रातिको खेलमा म्यानचेष्टर सिटीले टोटनहम हट्सपरलाई १–० ले पराजित गरेको छ । फिलिप फोडेनको एक मात्र गोलको मद्दतमा साँघुरो जितपछि सिटी लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

    समान ३४ खेलपछि सिटीको ८६ अंक भएको छ....

  • ला लिगामा रियल सोसिडाडलाई हराउँदै बार्सिलोना अग्रस्थानमा

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै नौ अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हराएको हो ।

    खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक....

  • आईपीएल : सन्दीपले क्रिश गेलसहित तीन विकेट लिएर दिल्लीलाई जिताए

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौं । सन्दीप लामिछानेले शनिबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स ११ पन्जाबविरूद्ध तीन विकेट लिएका छन् ।

    उनले पन्जाबका तीन शक्तिशाली ब्याट्सम्यानलाई आउट विकेट लिएका हुन् ।

    दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलाे विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका....

  • हार्दिक पाण्डेय र केएल राहुललाई जनही २० लाख जरिवाना

    न्यूजलय शनिबार ०७, बैशाख २०७६

    काठमाडौँ । भारतीय क्रिकेट बोर्डले हार्दिक पाण्डेय र केएल राहुललाई टेलिभिजन कार्यक्रममा महिला विरुद्ध दिइएको प्रतिक्रियामा जनही २० लाख रुपैयाँ जरिवाना गरेको छ।

    गत जनवरीमा ‘कफी विथ करण’ भन्ने कार्यक्रममा २५ वर्षीय पाण्डेय र २७ वर्षीय राहुल अतिथिका रूपमा प्रस्तुत भएका पाण्डेय र राहुलले महिलामाथि....

  • झापामा आजदेखि रात्रिकालिन फुटबल प्रतियोगिता

    न्यूजलय शनिबार ०७, बैशाख २०७६

    झापा । झापामा आज (शनिबार) बाट रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

    उद्घाटन खेलमा आज आयोजक एलेभेन साइनिङ स्टार र कनकाई फुटबल क्लब भिडनेछन् ।

    झापाको भद्रपुर नगरपालिकास्थित मेची रङ्गशालामा हुने खेलमा आठवटा टोली सहभागी रहनेछन् ।

    जसमा एलेभेन साइनिङ स्टार, मुनाल फुटबल....

  • एक दिनमै बन्यो भारोत्तोलनमा ११ राष्ट्रिय कीर्तिमान

    न्यूजलय शनिबार ०७, बैशाख २०७६

    काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलमा शुक्रबार ११ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् ।

    महिला ४५ केजी तौल समूहमा नेपाल आर्मीकी रिता गुरुङले तीन वटा राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण हात पारिन् । रिताले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन वटा राष्ट्रिय कीर्मिमान बनाएकी....

  • आईपीएल : कोलकाताविरुद्ध बेंग्लोरको जित

    न्यूजलय शनिबार ०७, बैशाख २०७६

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२औँ संस्करण अन्तर्गत शुक्रबार भएको खेलमा रोयल च्यालेञ्जसै बेंग्लोरले कोलकाता नाइटराइडर्सलाई १० रनले हराएको छ ।

    कोलकाता नाइटराइडर्सका लागि नितीश राणा र आन्द्रे रसेलले राम्रो खेले पनि बेंग्लोरले दिएको २१४ रनको विशाल लक्ष्य भने पछ्याउन सकेनन् ।

    २१४ रनको....

  • आइपीएलमा किन खेल्न पाएनन् सन्दीपले ?

    न्यूजलय शुक्रबार ०६, बैशाख २०७६

    काठमाडौं । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले नेपाली खेलाडी सन्दीप लामिछानेलाई फेरी पनि खेल्न दिएन । सुरुवाती दुई खेलमा खेल्न नपाएका सन्दीपले त्यसपछिका लगातार चार खेलमा खेलेका थिए ।

    तर, फेरि सन्दीपले त्यसपछिका तीन खेल खेल्न पाएनन् । सन्दीपको तुलना रसिद खानसंग गरिएको....

  • नेपाल विश्वकपमा छनोट हुन असफल

    न्यूजलय बिहीबार ०५, बैशाख २०७६

    काठमाडौं । नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ । युएईले बिहीबार आफ्नो अन्तिम खेलमा ओमानलाई पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको हो ।

    जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएको छ ।

    नेपालको बिहिबार(आज) आफ्नो अन्तिम....

  • सेमिफाइनलमा पुग्यो लिभरपुल, अब बार्सिलोनासंग खेल्ने

    न्यूजलय बिहीबार ०५, बैशाख २०७६

    काठमाडौं । इंग्लिस क्लब लिभरपुल दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई ६–१ गोलको अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो ।

    घरेलु मैदानमा भएको पहिलो लेगमा दुई शून्यको जित निकालेको लिभरपुलले पोर्टोलाई बुधबार राति दोस्रो लेगमा चार एकले हराएको हो ।

    खेलको....