Newslaya Home

खेल

  • एउटा हात नभएका हेमको ब्याडमिन्टन रुची

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । इटहरीमा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मोरंगको पथरीशनिश्चरे १ का हेमबहादुर गुरुङ पनि सहभागि थिए । तर उनी अरुभन्दा फरक थिए । उनको देब्रे हात थिएन । ‘दाहिने हातको पनि दुई वटा औंला छैन,’ उनले भने, ‘यो हात र औला....

  • काममा व्यस्त रहनेको रोजाईमा ब्याडमिन्टन

    न्यूजलय मङ्गलबार १७, साउन २०७४

    इटहरी । अख्तियार कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईको दिनचर्या खेलबाट सुरु हुन्छ । उनले खेल्ने खेल भनेको ब्याडमिन्टन हो । ‘हप्तामा तीन–चार दिन भ्याएसम्म स्वास्थ्य र कसरतका लागि खेल्ने गरेको भट्टराई भन्छन्, ‘इन्डोर र सजिलो खेल भएकोले ब्याडमिन्टन खेल्ने गरेको हुँ ।’
    स्कुले विद्यार्थी....

  • आजदेखि ब्याडमिन्टनको पूर्वाञ्चल छनोट

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्यान्डमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोट खेल मंगलबारदेखि इटहरीमा सुरु हुँदैछ । इटहरीस्थित इटहरी ब्यान्डमिन्टन क्लबको कबर्ड हलमा खेल आयोजना हुने भएको हो ।
    अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गरिरहेको प्रतियोगिताको पूर्वाञ्चल छनोट खेलको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले गर्नेछन्....

  • दक्षिण एसियाली योगा च्याम्पियनसिप

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । काठमाडौमा एसियामै पहिलो पटक दक्षिण एसियाली योगा च्याम्पियनसीप सुरु भएको छ ।
    नेपाल योग खेलकुद संघको आयोजनामा सुरु भएको प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन् । ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८....

  • स्वास्थ्य इटहरी नाराको साथ एरिना टेलिभिजनद्वारा इटहरी रन शुरु

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । इटहरी स्थित एरिना टेलिभिजनले स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु गरेको छ ।
    इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिए । इटहरीका सम्पूर्ण....

  • मेस्सीको प्रतिबन्ध फुकुवा

    न्यूजलय आइतबार १५, साउन २०७४

    जुरिच । विश्वचर्चित फुटबलर लियोनल मेस्सीविरुद्ध लागेको खेल प्रतिबन्ध फुकुवा भएको छ । यो फुकुवासँगै उनी अब बाँकी तीन खेलमा अर्जेन्टिनाको टिममा देखिने भएका छन् । मेस्सीले गरेको अपिलको सुनुवाई गर्दै प्रतिबन्ध फुकुवा गरेको हो ।
    ० का विरुद्ध १ गोलले विजयी भएको चिलीसँगको....

  • राखेपद्वारा दस खेल संघ खारेज

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गर्ने निर्णय गरेको छ ।
    राखेपले नेपाल स्टिक स्पोर्ट्स संघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय विद्यालय जिम्न्याष्टिक महासंघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघ, नेपाल विद्यालय ह्यान्डबल संघ, नेपाल....

  • रोनाल्डोले गरे मेस्सीको बराबरी

    न्यूजलय आइतबार १५, साउन २०७४

    क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा फेरि ह्याट्रिक गरेका छन् । रोनाल्डोको ह्याट्रिकको मद्दतमा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भयो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले हराएको हो ।....

  • नाम विवादका कारण रंगशाला निर्माण कार्य अलपत्र

    न्यूजलय आइतबार १५, साउन २०७४

    झापा । झापाको कमल गाउँपालिका–५ मा निर्माणधीन रंगशालाको निर्माण कार्य नाममा विवाद भएपछि अलपत्र परेको छ । आदिबासी रंगशाला बनाउने सहमतिमा ७ वर्ष अघि सुरु गरिएको रंगशालाको निर्माण कार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो । आदिवासीको समाधिस्थल रहेको साविक लखनपुर–१ स्थित सो स्थानमा समाधिहरु उत्खनन् गरेर....

  • ब्राजिल, अर्जेन्टिना र मेक्सिको फिफाको कारवाहीमा

    न्यूजलय आइतबार १५, साउन २०७४

    ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसन फिफाको कारवाहीमा परेका छन् । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो । ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार....