Newslaya Home

खेल

  • नेपाल पुलिसलाई सुपर ८ क्रिकेटको उपाधि

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ।
    शनिबार भएको फाइनलमा पुलिसले टिपटपलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै पुलिसले नगद १ लाख र ट्रफी जितेको छ। टिपटपले भने ५० हजारमा चित्त बुझायो....

  • मेसीलाई चार खेलमा प्रतिबन्ध निर्णयको विरोध

    न्यूजलय आइतबार १५, साउन २०७४

    अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई चार खेलमा प्रतिबन्ध लागेको छ । फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
    विश्व कप छनोटअन्तर्गत बोलिभियाविरुद्धको खेलभन्दा साढे ५ घण्टा अगाडि ४ खेलमा प्रतिबन्ध लगाउने निर्णय फिफाले गरेको थियो । उक्त निर्णय आफैंमा विवादित भएको....

  • इर्फान एक वर्षका लागि निलम्बित

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौं । पाकिस्तान क्रिकेट बार्डले फास्ट बलर मोहम्मद इर्फानलाई एक वर्ष निलम्बन गरेको छ । साथै उनलाई ९ हजार ५०० डलर जरिवाना तोकिएको छ ।
    पाकिस्तान क्रिकेट लिगका क्रममा एन्टी-करप्सन कोड उल्लंघन गरेको आरोपमा उनलाई एक वर्ष सबै फम्र्याटका क्रिकेटबाट निलम्बन गरिएको हो ।....

  • रुस विश्वकप छनौट, पहिलो देश ब्राजिल

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडाै– पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ ।

    विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३–० ले हराएको छ । साथै अर्जे्न्टिना र उरुग्वे दुबैले हार व्यहारेका छन् । यससँगै अब चार खेल खेल्न बाँकी रहेको ब्राजिल दक्षिण अमेरिकी समूहको शीर्ष चारमा....

  • झापामा पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता हुने

    न्यूजलय आइतबार १५, साउन २०७४

    दमक । झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

    स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव विष्णु....

  • भारतलाई जितका लागि ८७ रन आवश्यक

    न्यूजलय आइतबार १५, साउन २०७४

    अस्ट्रेलियाविरुद्ध चौथो तथा अन्तिम टेस्टमा भारतले पकड जमाएको छ। पहिलो इनिङमा भारतसँग ३२ रनले पछि परेको अस्ट्रेलिया दोस्रो इनिङमा १ सय ३७ रनमा खुम्चिएपछि भारत जितको नजिक पुगेको छ।

    भारतलाई जितको लागि अब ८७ रनको मात्र आवश्यक छ। सोमबार तेस्रो दिन भारतलाई ३ सय ३२....

  • ६ विकेटले नेपाल पाकिस्तानसँग पराजित

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडाै– एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान सँग ६ विकेटले पराजित भएको छ ।

    बंगलादेशमा सोमबार (आज) देखि सुरु भएको प्रतियोगितामा नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीलाई पाकिस्तानको २३ वर्षमुनिको टोलीले ६ विकेटले हराएको हो । खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पाकिस्तानी....

  • इटहरीमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगिता

    न्यूजलय आइतबार १५, साउन २०७४

    इटहरी । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसीप (आइओएफटिसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा कम्तिमा १५ राष्ट्रको सहभागिता हुने बताइएको छ ।
    उक्त प्रतियोगिता पूर्वमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो खेल प्रतियोगिता रहेको राखेपका सदस्य सचीव केशव विष्टले जानकारी दिए ।....

  • ७० गोल पुर्याउन सफल रोनाल्डो

    न्यूजलय आइतबार १५, साउन २०७४

    चार पटक फिफा वर्ष खेलाडि घोषित हुन सफल पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ७० गोल पुरा गरेका छन्। विश्व कप छनोटअन्तर्गत आइतबार बिहान हंगेरीविरुद्ध २ गोल गरेपछि रियल म्याड्रिडका ३१ वर्षीय व्यवसायिक स्ट्राइकरले ७० गोल पुरा गरेका हुन्। युरोपको समूह बीमा रहेको पोर्चुगलले....

  • जयसूर्यासहितको श्रींलंकन टोली नेपाल आउने

    न्यूजलय आइतबार १५, साउन २०७४

    काठमाडौ । श्रीलंकाली महान ब्याट्सम्यान सनथ जयसूर्यासहितको क्रिकेटरको टोली नेपाल आउने भएको छ । टोलीले नेपालसँग टि २० क्रिकेट सिरिज खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट मान्यताप्राप्त श्रीलंकाको शक्तिशाली टोलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ ।
    श्रीलंकाबाट आउने टोलीमा जयसूर्यादेखि वर्तमान राष्ट्रिय टोलीका....