Newslaya Home

अन्तर्राष्ट्रिय

  • पाकिस्तानमा दुर्घटनमा परी १८ जनाको मृत्यु

    न्यूजलय आइतबार २०, साउन २०७५

    काठमाण्डौ । पाकिस्तानमा यात्रुबाहक बस र तेलको ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ । 

    करिब ४८ जना यात्रु बोकेर कराँचीतर्फ गइरहेको बस कोहाट शहर नजिक ट्याङ्करसँग ठोक्किएको थियो । घाइतेमध्ये नौ....

  • ​सडकमा सुरक्षा माग्दै विद्यार्थीले गरेको आन्दोलनमा १०० बढी विद्यार्थी घाइते

    न्यूजलय आइतबार २०, साउन २०७५

    काठमाण्डौ । बंगलादेशको राजधानी ढाकामा सडक सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि आक्रमण हुँदा १०० भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन् । 

    सातौं दिनको प्रदर्शनमा हजारौं विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सातौं दिनको प्रदर्शनको क्रममा उनीहरुमाथि आक्रमण भएको हो । उनीहरुले सडकमा....

  • ​भेनेजुएलामा राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण

    न्यूजलय आइतबार २०, साउन २०७५

    काठमाडौं । भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ ।  राष्ट्रपति निकोलास मादुरोले टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गरिरहेका बेला ड्रोन आक्रमण भएको हो।

    एक टेलिभिजनमा काराकासमा सम्बोधन गरिरहेका बेला बिस्फोटन ड्रोन राष्ट्रपति निकोलास मादुरो नजिकैबाट गएको बताइएको छ ।  घटनामा राष्ट्रपति मादुरोलाई....

  • ​हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु

    न्यूजलय शनिबार १९, साउन २०७५

    काठमाण्डौ । रुसी हेलिकप्टर साइबेरियाको पूर्वी क्षेत्रमा दुर्घटना भएको छ । एमआई–८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको रुसी समाचार संस्था तासले जानकारी दिएको छ ।

    हेलिकप्टरमा रहेको तीन चालकदलका सदस्य र १५ यात्रु गरी सबैको ज्यान गएको सरकारी अधिकारीले जनाएका....

  • भत्कियो चीनको सुप्रसिद्ध ग्रेट वाल

    न्यूजलय शुक्रबार १८, साउन २०७५

    काठमाडौं । चीनको ऐतिहासिक ग्रेट वालको एक भाग भत्किएको छ । लगातार परेको पानी र येलो रिभरनजिक भइरहेको निर्माणलाई ग्रेट वाल भत्किनुको कारण बताइएको छ । 

    शाङ्शी प्रान्तको दाई काउन्टीमा रहेको यानमेन प्रवेशद्वार भत्केको हो । मिङ राजवंशको समयमा बनाइएको ग्रेट वालको....

  • ​डोनाल्ड ट्रम्पले पाए किमको पत्र

    न्यूजलय शुक्रबार १८, साउन २०७५

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले डोनाल्ड ट्रम्पलाई  बुधबार नयाँ पत्र लेखेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    ट्रम्पले बिहीबार ट्वीटर मार्फत पत्रका लागि किमलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसकी प्रवक्ता सराहा स्यान्डर्सले “सिंगापुर शिखर बैठकको फलोअप गर्न”....

  • ​नेपाली कामदार लैजान अफ्रिकी देश सेशेल्सको प्रस्ताव

    न्यूजलय शुक्रबार १८, साउन २०७५

    काठमाडौं । अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्सले नेपालसमक्ष नेपाली कामदार लैजान प्रस्ताव गरेको छ । गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाटै नेपालबाट कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको हो ।

    सेशेल्सले जीटुजीका लागि एमओयू गर्न प्रारम्भिक मस्यौदा पनि पठाएको श्रम तथा रोजगार....

  • ​गोल्डेन बुट विजेता केनको तस्बिर पैसामा

    न्यूजलय शुक्रबार १८, साउन २०७५

    लन्डन । रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर पैसामा छापिएको छ ।

    बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर बजारमा ल्याएका हुन्। यद्यपि यो पैसा बेलायती सरकारले भने छपाएको होइन । तर, यो कारोबारलाई बेलायत सरकारले कानुनअनुसारकै मान्ने....

  • जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित

    न्यूजलय शुक्रबार १८, साउन २०७५

    काठमाडौं । जिम्बाब्बेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् ।विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मतको अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् ।

    जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले राष्ट्रपति निर्वाचनमा मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
    ....

  • ​जिम्बाब्बेमा मतदानपछि प्रदर्शन हुँदा तीन जनाको मृत्यु

    न्यूजलय बिहीबार १७, साउन २०७५

    काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनमा तीन जनाको ज्यान गएको छ ।

    निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीन जनाको ज्यान गएको हो ।


    विपक्षी गठबन्धन एमडीसीले....