Newslaya Home

अन्तर्राष्ट्रिय

  • श्रीलंका विस्फोटः मृत्यु हुनेको संख्या २९० पुग्यो

    न्यूजलय सोमबार ०९, बैशाख २०७६

    काठमाण्डौ । श्रीलंकामा आइतबार भएको शृंखलावद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २९० पुगेको छ ।

    श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।

    मृतक मध्ये ३६ विदेशी नागरिक समेत रहेको प्रहरीले जनाएको....

  • कोलम्बियामा पहिरो, १४ जनाको मृत्यु

    न्यूजलय सोमबार ०९, बैशाख २०७६

    काठमाडौं । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा भारी बर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रस्थित रोसास शहरमा गएको पहिरोमा शहरका कयौं घरमा क्षति पुगेको छ ।

    पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । पहिरोग्रस्त....

  • श्रीलंका बम विस्फोटः मृत्यु हुनेको संख्या २०७ पुग्यो

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौँ । श्रीलंकामा बम विस्फोटमा परि ज्यान गुमाउनेको सख्या २०७ पुगेको छ भने विस्फोटमा परि करिब चार सय भन्दा बढी घाइते भएका छन् ।

    श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट भएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो ।


    आइतबार....

  • राहुल गान्धीले भने ‘मोदी जेल जान सक्छन्’

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाडौं । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदी जेल जान सक्ने बताएका छन् ।

    सञ्चार संस्था हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी ‘राफेल डिल’ काण्डमा जेल जान सम्ने बताएका हुन् ।

    हिन्दुस्तान टाइम्ससंग कुरा गर्दै गान्धीले भने, ‘हिन्दु अखबारले राफेलसम्बन्धी जुन दस्तावेज....

  • श्रीलंका बम बिस्फोटः मर्नेको संख्या १३८ पुग्यो

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाण्डौ । श्रीलंका भएको श्रृंखलावद्ध बम बिस्फोटमा १३८ जनाको मृत्यु भएको छ ।

    श्रृंखलावद्ध बम बिस्फोट भएपछि श्रीलंका सरकारले आपतकालिन बैठक बोलाएको छ । सेना प्रमुख, नेभी, एयर फोर्स, डिफेन्स सेक्रटरी बैठकका लागि आइसकेको बताइएको छ ।

    घटनास्थलमा राहत तथा उद्धार कार्य जारी....

  • श्रीलङ्काका चर्च र होटलमा श्रृङ्खलाबद्ध बम बिस्फोट, २५ जनाको मृत्यु

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    काठमाण्डौ । श्रीलङ्कामा चर्च र होटलमा श्रृङ्खलाबद्ध बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएको जनाइएको छ ।

    आइतबार इस्टरको मौकामा राजधानी कोलम्बोका तीन चर्च र अन्य तीन होटलमा बिस्फोट भएको खबर सार्वजनिक भएको छ । चर्चमा हज्जारौं मानिस....

  • अफगानिस्तानको राजधानीमा रहेको एक सरकारी भवनमा आक्रमण

    न्यूजलय आइतबार ०८, बैशाख २०७६

    बिबिसि । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको अफगान अधिकारीहरूले बताएका छन् । शनिबार बिहान त्यहाँ विस्फोटन भएको र गोली चलेको आवाज सुनिएको थियो ।

    मन्त्रालय स्रोतका अनुसार तीन सशस्त्र व्यक्तिहरू सो आक्रमणमा संलग्न थिए । तीन जनामध्ये एक जना मन्त्रालयको भवनमा....

  • मेक्सिकोमा बन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु

    न्यूजलय शनिबार ०७, बैशाख २०७६

    काठमाण्डौ । मेक्सिकोको अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ ।

    पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको सार्वजनिक सुरक्षा निकायले जनाएको छ ।

    गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु....

  • नेतालाई झापड हानेपछि समर्थकको कुटाइबाट अस्पताल भर्ना

    न्यूजलय शुक्रबार ०६, बैशाख २०७६

    काठमाडौं । भारतीय कांग्रेसका नेता हार्दिक पटेललाई झापड हान्ने व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।

    शुक्रबार भारतीय कांग्रेस नेता हार्दिक पटेलले गुजरातको सुरेन्द्रनगरमा जनसभालाई सम्बोधन गरिरहेको बेला एक व्यक्तिले स्टेजमा चढेर पटेललाई थप्पड हानेका थिए ।

    पटेललाई थप्पड हानेलगत्तै उनका समर्थकले ती व्यक्तिलाई पनि घाइते....

  • दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

    न्यूजलय शुक्रबार ०६, बैशाख २०७६

    काठमाण्डौ । दक्षिण अफ्रिकाको डर्बान शहरमा चर्च भत्किँदा १३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

    अत्याधिक वर्षा र हावा हुरीका कारण बिहीबार साँझ चर्च भत्किएको प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । घाइतेमध्ये ६ जना गम्भीर रहेको जनाइएको छ ।