Newslaya Home

अन्तर्राष्ट्रिय

  • ​ट्रम्पले डीभी बन्द गर्ने

    न्यूजलय बिहीबार १६, कार्तिक २०७४

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी बन्द गर्ने प्रस्ताव गरेका छन् । 
    अमेरिकाको न्युयोर्कमा भएको ट्रक आक्रमणमा संलग्न व्यक्ति डीभीमार्फत अमेरिका पुगेको आशंकामा उनले यो प्रस्ताव गरेका हुन् । उक्त आक्रमणका आक्रमण्कारी सैफुल्लो साइपोव सन् २०१० मा डीभीमार्फत अमेरिका पुगेको त्यहाँका अधिकारीले बताएका....

  • ​उत्तर कोरियाले लुकाएको नरसंहार

    न्यूजलय बुधबार १५, कार्तिक २०७४

    जापान । उत्तर कोरियाले आणविक परीक्षणका क्रममा दुई सय बढीको मृत्यु भएको अनुमान गरिएको छ । सुरुङमा पुरिएर ती मानिसको ज्यान गएको आशंका गरिएको हो । ्
    पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौँ तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा....

  • ​न्युयोर्कमा अन्धाधुन्ध गोली प्रहार, आठ जना मारिए

    न्यूजलय बुधबार १५, कार्तिक २०७४

    न्युयोर्क । न्युयोर्कमा मंगलबार भएको अन्धाधुन्ध गोली प्रहारमा आठ जना मारिएका छन् भने ११ जना गम्भीररुपले घाइते भएका छन् ।
    घटनासँग सम्बन्धित २९ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । पक्राउ परेको व्यक्तिले कुनै जानकारी नदिएको पनि प्रहरीले बताएको छ । 
    बन्दुकधारी....

  • स्पेन एकता समर्थकद्वारा बार्सिलोनामा प्रदर्शन

    न्यूजलय सोमबार १३, कार्तिक २०७४

    काठमाडौं । स्पेनको एकताका पक्षमा रहेका व्यक्तिहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् ।स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपनि उनीहरुले प्रदर्शन गरेका हुन् । 
    उक्त प्रदर्शनमा लाखौं सहभागी भएका थिए । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै....

  • ​सोमालियामा दुई विस्फोट, २३ जनाको मृत्यु

    न्यूजलय आइतबार १२, कार्तिक २०७४

    सोमालिया । सोमालियाको राजधानी मोगादिशुमा दुईवटा बम विस्फोट हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको छ । सोही घटनामा परी ३० जना भन्दा बढी घाइते समेत भएका छन् । 
    मोगादिशुमा रहेको एक होटलमा भएको पहिलो विस्फोट कार बम रहेको बताइएको छ । त्यसपछि बिद्रोहीले पुनः....

  • फिडेल क्यास्ट्रो मारेको एक लाख डलर !

    न्यूजलय शनिबार ११, कार्तिक २०७४

    ​अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति जोन अफ केनेडीको हत्यासँग जोडिएका २८ सय गोप्य दस्तावेज सार्वजनिक गरिएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा उक्त दस्तावेज सार्वजनिक गरिएको हो । 
    यसैक्रममा क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको हत्याका लागि अमेरिकाले गरेको षड्यन्त्रको समेत खुलासा भएको छ । 

  • ​एउटा थेसिस, जुन २० लाख मानिसले पढे

    न्यूजलय शनिबार ११, कार्तिक २०७४

    काठमाडौं । विश्वप्रसिद्ध वैज्ञानिक प्रोफेसर स्टेफन हकिंग्सको ‘पीएचडी थेसिस्’ ले नयाँ रेकर्ड कायम गरेको छ । यो थेसिस सर्वसाधारणको लागि इन्टरनेटमा सार्वजनिक भएपछि २० लाखभन्दा बढी मानिसहरुले ‘अनलाइन’ पढेका छन् ।
    क्याम्ब्रिज विश्वविद्यालयले गत सोमबार आफ्नो वेबसाइटमा यो थेसिस सार्वजनिक गरेपछि अहिलेसम्म २० लाखभन्दा....

  • ​क्याटलोनिया छुट्टिन नदिन त्यहाँको सरकार भंग

    न्यूजलय शनिबार ११, कार्तिक २०७४

    बार्सिलोना । स्पेनबाट बाहिरिने निर्णय गरेको २४ घन्टा नबित्दै स्पेनले क्याटलोनियाको सरकार भंग गरेको छ । योसँगै क्याटलोनियाको सम्पूर्ण अधिकार स्पेनले आफू मातहत राखेको छ ।
    स्पेन सरकारले शनिबार क्याटलोनियाको सरकार बर्खास्त गरेको बताएको हो । क्याटलोनियाको संसदले शुक्रबार राति स्पेनबाट छुट्टिने निर्णय ९०....

  • छठ मनाउने क्रममा २० को मृत्यु

    न्यूजलय शनिबार ११, कार्तिक २०७४


    विहार । भारतको विहार राज्यको विभिन्न ठाउँमा छठ पर्व मनाउने क्रममा दुई दिनमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैको पानीमा डुबेर भएको त्यहाँका अधिकारीले जनाएका छन् ।  
    समस्तीपुरमा छठ मनाउने क्रममा घाटमा एउटै परिवारको छोरा र छोरी खोलामा डुबेर....

  • ​उत्तर कोरियाली राष्ट्रपतीले दिए सी जिन पिङलाई बधाई

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले सी जिनपिङलाई शुभकामना दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव पदमा पुनः निर्वाचित भएकोमा बधाइ सन्देश पठाउँदै ‘महान सफलता’को शुभकामना दिएका छन् ।
    ‘चिनियाँ जनता चिनियाँ विशेषतायुक्त समाजवाद निर्माणको मार्गमा अघि बढेका छन्,’ किमको सोमबार बधाइ....