Newslaya Home

अन्तर्राष्ट्रिय

  • अफगानिस्तानमा आठ जना सुरक्षा अधिकारीको मृत्यु

    न्यूजलय बुधबार ११, असार २०७६

    काठमाण्डौ । अफगानिस्तानमा तालिबान लडाकूको आक्रमणमा परी कम्तीमा आठ जना सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् ।

    गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय....

  • फुटपाथमा सुतिरहेका तीन बालबालिकाको कारले किचेर मृत्यु

    न्यूजलय बुधबार ११, असार २०७६

    काठमाडौं । भारतको बिहारमा दुर्घटनामा तीन जना बालबालिकाको ज्यान गएको छ ।

    फुटपाथमा सुतिरहेका उनीहरुलाई एक अनियन्त्रित कारले किचेको हो । अर्का एक बालकको अवस्था समेत गम्भीर रहेको जनाइएको छ । उनलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ ।

    तीन बालबालिकाको ज्यान गएपछि आक्रोशमा आएका स्थानीयले....

  • अस्ट्रेलियाको एक घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

    न्यूजलय बुधबार ११, असार २०७६

    काठमाण्डौ । अस्ट्रेलियाको एउटा घरमा आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएको छ ।

    न्यु साउथ वेल्स राज्यको एउटा घरमा आगलागी हुँदा त्यहाँ रहेका तीन बालबालिकाको ज्यान गएको बिबिसीले जनाएको छ ।

    स्थानीय समय अनुसार बुधबार बिहान साढे तीन बजेतिर आगलागी भएको हो । आगलागीमा परी....

  • जापानमा अनौठो घटना : शंखेकिराका कारण रेल चलेन, १२ हजार यात्री तनावमा

    न्यूजलय बुधबार ११, असार २०७६

    काठमाडौं । जापानका मानिसहरुका हतारमा हुन्छन् । उनीहरुलाई एक एक सेकेन्डको महत्व छ । कुनै पनि सेवामा ढिलाई हुँदा कम्पनीले सार्वजनिक रुपमा तत्काल माफी माग्नुपर्छ ।

    दक्षिणी जापानमा बिजुली आपूर्ती ठप्प हुँदा करिब २६ रेलको आवतजावत प्रभावित भएको छ । जसका कारण करिब १२ हजार....

  • प्रदुषणका कारण मलेसियामा चार सय विद्यालय बन्द

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    काठमाण्डौ । मलेसियामा वायु प्रदुषणका कारण चार सय विद्यालय बन्द गरिएको छ।

    मलेसियन राज्य जोहोरका ७५ जना विद्यार्थीमा स्वास–प्रस्वासको समस्या देखिन थालेपछि त्यहाँका चार सय विद्यालय बन्द गरिएको बीबीसीले उल्लेख गरेको छ।

    औद्योगिक क्षेत्र पासिर गुदाङमा आगामी बिहीबारसम्मका लागि दर्जनौं स्कूलहरु बन्द गरिएका छन्।

    उक्त....

  • कङ्गोमा इबोलाका कारण १० महिनामा १५ सय जनाको मृत्यु

    न्यूजलय मङ्गलबार १०, असार २०७६

    किन्सास । कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका कारण झन्डै दश महिनाको अवधिमा १ हजार ५ सय जनाको मृत्यु भएको हो ।

    आइतबारसम्ममा इबोलाबाट २ हजार २ सय ३९....

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री नियुक्त

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा मार्कलाई रक्षामन्त्री नियुक्त गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री जेम्स....

  • बंगलादेशमा रेल लीगबाट उछिट्टियो, पाँच जनाको मृत्यु

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाडौं । बंगलादेशमा एउटा रेल लीगबाट उछिट्टिँदा पाँचजनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।

    सिल्हटबाट ढाका गइरहेको उपवन एक्सप्रेस एउटा पुल भाँचिएपछि लीगबाट उछिट्टिदाँ दुईवटा डब्बा नहरमा खसेको थियो भने एउटा डब्बा पल्टिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि सिलहट देशका अन्य....

  • इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाण्डौ । इन्डोनेसियामा सोमबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको जनाइएको छ ।

    दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

    भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको....

  • १८ घण्टा सम्म कुटेर एक युवको हत्या

    न्यूजलय सोमबार ०९, असार २०७६

    काठमाण्डौ । भारतमा २४ बर्षीय एक युवकलाई १८ घण्टा सम्म कुटपीट गरेर हत्या गरिएको छ ।

    झरखण्डको सरायकेला जिल्लामा २४ वर्षीया अंसारी नामका ति युवकलाई १८ घण्टासम्म एक भिडमा जम्मा भएका मानीसहरुले कुटपीट गरेर हत्या गरेका हुन् ।

    कुपीटगर्दा उनको अवस्था एकदमै नाजुक भएको थियो....