Newslaya Home

सूचना-प्रबिधि

  • ​टेलिकमले दियो चार जिल्लामा निःशुल्क इन्टरनेट सेवा

    न्यूजलय मङ्गलबार २२, जेठ २०७५

    काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित ४ जिल्लामा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।

    टेलिकमले सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक....

  • ​अमेरिकी किशोरकिशोरीमा फेसबुक मोह घट्दै

    न्यूजलय आइतबार २०, जेठ २०७५

    बिबिसि । सामाजिक सञ्जाल फेसबुक र अमेरिकी किशोरकिशोरीबीच पछिल्लो समय दूरी बढ्दै गएको देखिएको छ । उनीहरूमाझ अरू माध्यमहरू लोकप्रिय हुँदै गएका छन् ।

    द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्षका अमेरिकी किशोरकिशोरीमध्ये ५१ प्रतिशतले मात्रै फेसबुक प्रयोग गरिरहेको पाइएको....

  • ​इन्टरनेटको पनि मूल्य बढ्ने

    न्यूजलय शनिबार १९, जेठ २०७५

    काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान व्याएपछि इन्टरनेट शुल्क बढ्ने भएको छ। 

    सरकारले आर्थिक वर्ष ०७५–७६ को आर्थिक विधेयकमार्फत इन्टरनेट सेवा प्रदायकहरूले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको हो। 

    यसअघि इन्टरनेट....

  • ​टेलिकमको मिस्डकल एलर्ट सेवा पुनः संचालन

    न्यूजलय सोमबार १४, जेठ २०७५

    काठमाडौं । कसैले तपाईलाई फोन गर्यो, तर लागेन भने तपाइको नम्बरमा कसैले फोन गरेको थियो भनेर नोटिफिकेसन आउँछ । यो सेवा केही समयदेखि बन्द थियो । तर नेपाल टेलिकमले यो सेवा फेरी सुरु गर्ने भएको छ ।
     
    मिस्ड कल एलर्ट सेवा जेठ....

  • ​यूरोपेली सांसदसँग फेसबुक संस्थापकले माफी मागे

    न्यूजलय बुधबार ०९, जेठ २०७५

    काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यूरोपेली सांसदसँग माफी मागेका छन् ।  फेसबुकमा आउने फेक न्यूज र क्याम्ब्रिज एनालिटिका प्रकरणप्रति जुकरबर्गले माफी मागेका हुन् ।

    क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लागेको थियो....

  • ​धेरै फेसबुक चलाउने व्यक्ति, धेरै दुःखी हुने !

    न्यूजलय आइतबार ०६, जेठ २०७५

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

    बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गरेर बिताउँछन्, उति कम उनीहरू विद्यालयको काम....

  • ​फेसबुकले बन्द गर्यो २ सय एप्स

    न्यूजलय शनिबार ०५, जेठ २०७५

    फेसबुकले २ सय वटा एप बन्द गरेको छ । प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील एपलाई निलम्बन गरेको हो ।

    फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन ।....

  • ​फेसबुकले ल्यायो तीन नयाँ फिचर्स, अडियो पोष्ट गर्न सकिने

    न्यूजलय बिहीबार ०३, जेठ २०७५

    काठमाडौं । फेसबुकले क्लाउड स्टोरेज, भ्वाइस पोष्ट, स्टोरी आर्काइभ गरी थप तीन नयाँ फिचर्स सार्वजनिक गरेको छ ।

    यी नयाँ फिचर्समार्फत प्रयोगकर्ताले फेसबुक क्लाउडमा फोटो र भिडियो सेभ गर्न सक्नेछन् । 

    फेसबुकले ल्याएको अर्को फिचरमा भ्वाइस (अडियो) पोष्ट गर्न....

  • ​फेसबुकद्वारा करोडौं नक्कली एकाउन्ट बन्द

    न्यूजलय बिहीबार ०३, जेठ २०७५

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले सन् २०१८ को पहिलो तीन महीनामा ५८ करोड ३० लाख नक्कली फेसबुक एकाउन्ट बन्द गरेको छ । 

    करोडौंको सङ्ख्यामा एकाउन्ट रद्द गर्दा समेत सक्रिय मध्ये ३ देखि ४ प्रतिशत अझै नक्कली एकाउन्ट भएको कम्पनीले जनाएको छ ।....

  • फेसबूकले गर्यो तीन महिनामा तीन करोड पोस्ट डिलिट

    न्यूजलय बुधबार ०२, जेठ २०७५

    काठमाडौं । फेसबूकले मंगलबार यो वर्षको पहिलो तीन महिनामा तीन करोड पोस्ट हटाएको जानकारी दिएको छ । फेसबूकले यौनजन्य वा हिंसक तस्वीर, आतंकी प्रोपागान्डा र घृणा फैलाउने पोस्टलाई हटाएको हो । 

    क्याम्ब्रिज एनालाइटिका विवादपछि पारदर्शिताका विषयमा एउटा प्रतिवेदनमा फेसबूकले आफ्नो कम्युनिटी स्ट्यान्डर्ड्सअन्तर्गत....