Newslaya Home

चुनाव

  • ​चितवन ३ बाट प्रचण्ड विजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् । 
    राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
    प्रचण्डले ४८ हजार दुई....

  • ​सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    सुनसरी । सुनसरी क्षेत्र नं. ३ को मतगणना स्थगित भएको छ । सात वटा मतपत्र अर्धकट्टी सहित भेटिएपछी मतगणना स्थगित भएको हो ।
    यो क्षेत्रमा एमालेकी भगवती चौधरी र कांग्रेसका उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

  • ​मुख्यमन्त्रीका दाबेदार एमालेका भीम आचार्य बने प्रदेश सांसद

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा नेकपा एमालेका सचिव भीमप्रसाद आचार्य विजयी भएका छन् । उनले २०२११ मत ल्याउँदै प्रदेश सभामा स्थान पक्का गरेका हुन् ।
    आचार्यसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवालले १२९४६ मत ल्याउन सफल भए....

  • ​सर्लाहीको मतगणना स्थगित

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    सर्लाही । सर्लाही क्षेत्र नं. ४ को मतगणना रोकिएको छ । मतगणना गर्दा  सिल नलागेको पेटिकाहरु भेटीए पछी राजपाका कार्यकर्ताहरुले मतगणना रोकेका छन् ।
    काङ्ग्रेसले बुथ कब्जा गरेको हुनसक्ने बिपक्षी राजपाका नेता राकेश मिश्रले आरोप लगाएका छन् ।

  • ​सुनसरी २ बाट मेहता विजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । सुनसरी क्षेत्र नं। २ बाट नेपाली काँग्रेसका सीताराम मेहता विजयी बनेका छन् । उनले बाम गठबन्धनका डम्बरु सुवेदीलाई पाँच हजार बढी मतले पराजित गरेका हुन् । मेहताले ४१४९५ मत प्राप्त गरे भने सुवेदीले ३५३४९ मत प्राप्त गरे । मेहता पुर्व राज्यमन्त्री समेत हुन्....

  • ​शिल नगरिएको मतपेटिका भेटिएपछि सर्लाही–४ को मतगणना स्थगित

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    सर्लाही । शिल नगरिएको मतपेटिका भेटिएपछि सर्लाहीको क्षेत्र नं ४ को मतगणना स्थगित भएको छ । ६ वटा मतपेटिकामध्ये चार वटा मात्रै शिल गरिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।
    क्षेत्र नम्बर–४ अन्तर्गतको बलरा नगरपालिका – ४ मा रहेको जब्दी आधारभुत विद्यालय मतदान केन्द्रबाट आएको....

  • ​व्यवशायीका नेता लिलम बने प्रदेश सांसद

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । डेढ वर्षअघि उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अध्यक्षमा लड्दै गरेका लिलम बस्नेत इटहरीमा त्यती सुनिएको नाम थिएन । लामो समयदेखि काँग्रेस सम्बद्ध व्यापारीहरुले जित्दै आएको संघको चुनावमा एमाले सम्बद्ध बस्नेतले बाजी मार्नेमा शंका थियो । तर बस्नेत भने ढुक्क थिए । जित्छन् भनेर आफ्नै....

  • ​नवलपरासीबाट शशांक कोइराला विजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    काठमाडौं । कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नवलपरासीबाट विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी पूर्व–१ बाट विजय भएका हुन् । 
    कोइरालाले ३४ हजार सात ८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार पाँच सय २३ मत....

  • ​महोत्तरी–१ बाट पोखरेल विजयी, तीन ह्याट्रिक

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    बर्दिवास । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।  
    पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४ हजार दुई सय ८४ मत अन्तरले पराजित गरे । 
    पोखरेलले २३ हजार सात सय ७६ मत प्राप्त....

  • ​झापा ५ ‘ख’ बाट भारी मतले हिक्मत कार्की बिजयी

    न्यूजलय सोमबार २५, मङि्सर २०७४

    इटहरी । झापाको क्षेत्र नम्बर ५ ख बाट बाम गठबन्धनका उम्मेदवार हिक्मत कार्कीले विजय हाँसिल गरेका छन् ।
    झापा क्षेत्र नं. ५ ख बाट प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रिय सदस्य हिक्मत कार्कीले काँग्रेसका अनिल कृष्ण प्रसाइलाइ ४ हजार ४ सय ६२ मतान्तरले पराजित गरेका हुन्....