सप्तरीमा बाढिका कारण एक दर्जनभन्दा बढी घर भत्किए, ८ सय डुबानमा

Newslaya Home

सप्तरीमा बाढिका कारण एक दर्जनभन्दा बढी घर भत्किए, ८ सय डुबानमा

आइतबार २९, असार २०७६

राजविराज । बाढीका कारण सप्तरीका करिब दुई हजार परिवार प्रभावित भएका छन् ।

लगातारको वर्षाले खाँडो, महुली, जिता र कोशी नदीमा आएको बाढीका कारण तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएका हुन्।

खाँडो खोलाको बाँध भत्किदा गाउँपालिकाको वडा नम्बर १ जलमग्न भएको छ। त्यहाँका करिब आठ सय घर डुबानमा परेका छन्। भने करिब एक दर्जन बढी घर भत्किएको जनाइएको छ ।

बाढीका कारण वडा नं. ४ कोइलाडी, वडा नंं.५ बर्साइनका बासिन्दा समेत प्रभावित भएको जनाइएको छ ।