जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, छ जना बिरामी

Newslaya Home

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, छ जना बिरामी

आइतबार २९, असार २०७६

काठमाण्डौ । म्याग्दीमा जङ्गली च्याउ खाएर एक बालकको मृत्यु भएको छ भने छ जना बिरामी परेका छन् । मङ्गला गाउँपालिका–१ की जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।

वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका ६ बिरामी भएका थिए । विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको जनाइएको छ ।

विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ । थोरै खानेलाई सामान्य असर देखिए पनि अन्य ३ ले धेरै खाएकाले सिकिस्त भएको चिकित्सकले जनाएका छन् ।