रोजगार मेलामा एक हजार सात सयले दिए अन्तर्वार्ता

Newslaya Home

रोजगार मेलामा एक हजार सात सयले दिए अन्तर्वार्ता

आइतबार २९, असार २०७६

विराटनगर । प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते आयोजना गरेको प्रदेश स्तरीय रोजगार मेलामा एक हजार सात सयले रोजगारीका लागि अन्तर्वार्ता दिएका छन् ।

विभिन्न २३ ओटा रोजगारदाता कम्पनि तथा उद्योग प्रतिष्ठानले विभिन्न पदका लागि आवेदकहरुको अन्तर्वार्ता लिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शिक्षा, स्वास्थ्य, मेकानिक, विजुली, लेखा, होटललगायत प्रशासनिक कामका लागि असार २४ गतेसम्म अनलाइनबाट आवेदन फारम भर्ने ५ हजार ५३ जना मध्ये एक हजारसात सयले अन्र्तवाता दिएका छन् । रोजगारदाताले अन्तर्वार्ता दिने मध्येबाट छानिएकाहरुले रोजगारी पाउँनेछन् ।

रोजगार मेलाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले वेरोजगार जनशक्ति र रोजगार दाता बिच तालमेल मिलाउनका लागि मन्त्रालयले यस वर्षदेखि रोजगार मेला आयोजना गरिएको बताए । उनले परिक्षणका रुपमा सुरुवात गरिएको रोजगार मेलामा आवेदन भर्नेको उत्साहजनका सहभागीताले मन्त्रालय उत्साहित भएको बताए । आगामी वर्षदेखी यसलाई मन्त्रालयले प्रदान गर्ने तालिमसंग जोडेर आवश्यक र माग भएका जनशक्ति उत्पादन गर्ने उनले बताए ।

वेरोजगार जनशक्ति र रोजगारदाता बिचको पुलको काम नगर्न प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको रोजगार मेलामा विभिन्न रोजगारदाता उद्योग, व्यवसाय र संघसंस्थाबाट १ हजार २ माग आएको थियो । मेलामा रोजगार दाता कम्पनिका प्रतिनिधिले आफ्ना माग अनुसारका पदका आवेदकसंग अन्तर्वार्ता लिएका थिए । साथै आवेदकहरुका लागि कुन पेसा वा क्षेत्रमा जाने भनेर सहजकीकरणका लागी विभिन्न क्षेत्रका विज्ञहरुकाट परामर्शका लागि समेत एक दर्जन स्टलहरु राखिएको थियो ।

रोजगारमेलामा अन्तर्वार्र्ताका लागि २ हजार सात सय ७१ जना उपस्थित भएका थिए । आवेदन भरेकाहरुलाई पुन अन्तर्वार्ताका लागि रोजगारदाताहरुबाट थप माग संकलन गरेर सहभागी गराइने मन्त्रालयले जनाएको छ ।