भोजपुरमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

Newslaya Home

भोजपुरमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

शनिबार २८, असार २०७६

भोजपुर । भोजपुरमा बर्षातसँगै खसेको पहिरोले घर पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङको चोन्ताङस्थित कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, छोरा शिवकुमार र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

शनिबार बिहान १० बजेतिर घरमा बसिरहेका आमा, छोरालाई घरमाथिबाट खसेको पहिरोले पुरिपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । श्रीमान गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।