झापामा खोलाले बगाएर एकजना बेपत्ता

Newslaya Home

झापामा खोलाले बगाएर एकजना बेपत्ता

शुक्रबार २७, असार २०७६

झापा । झापामा खोलाले बगाएर एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मेचीनगर नगरपालिका १४ स्थित दुवागढी बस्ने ४५ वर्षीय सुकुल हस्दा रहेका छन् । शुक्रबार दिउँसो भद्रपुर नगरपालिका ९ प्रणामी नगर फुलबासा स्थित हडिया खोला तर्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका हस्दाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।