खोटाङमा पहिरोले पुरिएर बेपत्ता भएकाको मृत्यु

Newslaya Home

खोटाङमा पहिरोले पुरिएर बेपत्ता भएकाको मृत्यु

शुक्रबार २७, असार २०७६

खोटाङ । खोटाङमा पहिरोमा परि बेपत्ता भएकी एक महिलासहित उनको २ छोराको शव भेटिएको छ ।

खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको पहिरोमा परि बेपत्ता भएकी रेखा राई, ३ वर्षीया छोरा रोमन राई र ७ महिने छोरा रोजन राई शव फेला परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशी नेतृत्वको प्रहरी र स्थानीयवासीले आमा र दुई छोराको शव पहिरोबाट निकालेको हो । शव निकाल्नका लागि दिनभर पहिरो खोतलिएको थियो ।

खोटाङमा पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता