सप्तकोसीमा पानीको बहाव १ लाख ८३ हजार क्युसेक नाघ्यो

Newslaya Home

सप्तकोसीमा पानीको बहाव १ लाख ८३ हजार क्युसेक नाघ्यो

शुक्रबार २७, असार २०७६

इटहरी । केहि दिनदेखि आएको लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा शुक्रबार दिउँसो पानीको बहाव प्रतिसेकण्ड १ लाख ८३ हजार ५४५ क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेसँगै ५६ ढोका मध्ये २४ ढोका खुल्ला गरिएको छ ।

पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।