साउन मसान्तसम्ममा कक्षा १२ को नतिजा प्रकाशन हुने

Newslaya Home

साउन मसान्तसम्ममा कक्षा १२ को नतिजा प्रकाशन हुने

शुक्रबार २७, असार २०७६

काठमाडौ । कक्षा १२ को नतिजा साउन मसान्तसम्ममा आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोटिमी भक्तपुरका अध्यक्ष चन्द्रमनि पौडेलले काम तिब्र रुपले भइरहेकाले जति सक्दो छिटो नतिजा प्रकाशन गर्ने बताए ।

कक्षा १२ को नतिजा ढिलाईमा पनि साउन अन्तिम सातासम्म प्रकाशन हुने उपाध्यक्ष दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।

यस बर्ष कक्षा १२ को परिक्षामा नियमित तर्फ ३ लाख ६९ हजार ४ सय २६ जना सहभागी थिए भने ४१ जनाको परिक्षा रद्द भएको थियो र ११२ जना विद्यार्थीको अनुपस्थित थिए ।