मोरङका १७ वटै निकायलाई सचेत रहन विपद् व्यवस्थापन समितिको आग्रह

Newslaya Home

मोरङका १७ वटै निकायलाई सचेत रहन विपद् व्यवस्थापन समितिको आग्रह

बिहीबार २६, असार २०७६

विराटनगर । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले १७ वटै स्थानीय तहहरूलाई सचेत गराएको छ।

लगातारका वर्षाका कारण मोरङ जिल्ला भएर बग्ने प्रमुख ७ वटा खोलाले गर्नसक्ने कटान र प्रभावित पार्न सक्ने वस्तीहरूमा सूचना संयन्त्र चुस्त राख्न प्रहरी र स्थानीय तहलाई निर्देशन गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिएका छन् ।

मनसुनसँगै हुने सम्भावित विपद्लाई दक्षित गरेर जिल्ला विपद् व्यवस्थापन समितिको दुईवटा पूर्वतयारी बैठक सम्पन्न भइसकेको छ। प्रदेश सरकारको योजनामा हरेक स्थानीय तहसँग विपदको समयमा आवश्यक पर्ने न्यूनतम यन्त्र र उपकरणहरू डोरी, लाइफज्याकेट लगायतका साधनहरू उपलब्ध गराइएको छ।

प्रदेश सरकारको विपद् व्यवस्थापन इकाई मातहत केही सवारी साधन र रबरको डुंगा तयारी अवस्थामा राखिएको छ। प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई दिएको डुंगा पनि तत्काल प्रयोग गर्नसक्ने तयारी अवस्थामै छ।

यस्तै, स्वास्थ्य तथा पोषणको काम जिल्ला जनस्वास्थ्य कार्यालयले, खाद्य सुरक्षा र जीविकोपार्जनको क्लष्टरको काम रेडक्रस र गैरसरकारी संस्थाहरुले गर्नेछन्। जिल्लाको सम्भावित जोखिमहरूको बारेमा जानकारी दिएर प्रतिकार्य योजना तयार भइसकेको र विपदको समयमा तत्कालल उद्धार र राहातका लागि जिल्ला तयारी अवस्थामा रहेको प्रजिअ केसीले बताए।

1 प्रतिकृयाहरू प्राप्त
  • Pawan sahलेख्नुहुन्छ
  • |
  • शनिबार २८, असार २०७६ ०६:१४
Biratnagar 11 ko hal k xa