विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी शिवा खड्का चितवनबाट पक्राउ

Newslaya Home

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी शिवा खड्का चितवनबाट पक्राउ

बिहीबार २६, असार २०७६

काठमाडौँ । विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का चितवनबाट पक्राउ परेकी छिन् ।

उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी २०७१ मंसिर ८ गतेबाट विप्लव समूहमा संगठित भएको प्रहरीले जनाएको छ । उनले विप्लव नेकपाको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।