विश्वकप क्रिकेटः अस्ट्रेलियाद्वारा इंग्ल्याण्डसामु २२४ रनको लक्ष्य प्रस्तुत

Newslaya Home

विश्वकप क्रिकेटः अस्ट्रेलियाद्वारा इंग्ल्याण्डसामु २२४ रनको लक्ष्य प्रस्तुत

बिहीबार २६, असार २०७६

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डसामु २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेकोअस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनयो ।

१४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो । उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले १०३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीले अस्ट्रेलियाले ११७ रन बनाएको थिए । आठौं विकेटका लागि स्मिथ र मिचेल स्टार्कले अर्धशतकीय साझेदारी गरे ।

२७ औंँ ओभरमा अदिल रशिदको बलमा एलेक्स क्यारी ४६ रनमा आउट हुँदा मार्कस स्टोइनिस खाता नै नखोली पेभेलियन फर्किए । त्यसपछि स्मिथ र म्याक्सवेलले ३९ रनको साझेदारी गरे । तर त्यो साझेदारी पनि लामो हुन सकेन । म्याक्सवेललाई जोफ्रा आर्चरले २२ रनमा आउट गरेका थिए ।

अस्ट्रेलियाका एरोन फिन्च खाता नै नखोली आउट हुँदा जारी विश्वकपमा उच्च लयमा रहेका डेभिड वार्नर पनि व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए । आठौंँ विकेटको रुपमा स्मिथलाई ८५ रनमा जस बट्लरले रन आउट गरेका थिए । नवौँ विकेटका रुपमा मिचेल स्टार्क २९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका अदिल रशिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए । आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।