क्रिकेटर अफताब आलमलाई एकवर्ष प्रतिबन्ध, यस्तो छ कारण

Newslaya Home

क्रिकेटर अफताब आलमलाई एकवर्ष प्रतिबन्ध, यस्तो छ कारण

बिहीबार २६, असार २०७६

काठमाडौं । अफगानिस्तानका क्रिकेटर अफताब आलमलाई विश्वकपमा आचारसंहिता विपरीत काम गरेको भन्दै एक वर्ष प्रतिबन्ध लगाइएको छ ।

विश्वकपका लागि अफगानिस्तान टिम बसेको होटलमा एक महिलामाथि नराम्रो व्यवहार गरेको आरोप आलममाथि लागेको थियो । त्यससँगै विश्वकप टिमबाट बाहिर निकालिएका उनलाई अफगानिस्तान क्रिकेट बोर्डले थप एक वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अब आलमले एक वर्ष सम्म कुनै पनि अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् । जुन २२ मा भारतसँग ११ रनले हारेको खेलपछि आलमले साउथहृयाम्पटनको होटलमा ती महिलामाथि दुर्व्यबहार गरेको जनाइएको छ ।