सन्तानको रहर पुरा गर्न १३ दिने शिशु चोरी, थियो दिल्ली लाने तयारी

Newslaya Home

सन्तानको रहर पुरा गर्न १३ दिने शिशु चोरी, थियो दिल्ली लाने तयारी

बिहीबार २६, असार २०७६

धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शिशु चोरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बुधबार राति प्रसूति वार्डबाट भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोरा चोरिएको थियो । चोरी भएको तीन घण्टापछि बच्चा फेला परेको छ । दुई जना महिलाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेहरु आपसमा नन्द, भाउजु नाता पर्छन् ।

पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) छन् । बबिता र कुरुवा बसेका भजित रोशन निदाएको मौका छोपी उनीहरुले बच्चा उठाएका थिए ।

चोरीपछि नवजात शिशुलाई भारतको दिल्ली लैजाने तयारी रहेको पक्राउ परेकाहरुले बताएका छन् । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् ।