शिल्पा र छविबीच झगडा नगर्ने सहमति

Newslaya Home

शिल्पा र छविबीच झगडा नगर्ने सहमति

बिहीबार २६, असार २०७६

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र छवि ओझाबीच झगडा नगर्ने सहमति भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार उनीहरुलाई सहमति गराएको हो।

सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिएकी थिइन् । नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग सम्बन्धमा थिए।

शिल्पालाई म्युजिक भिडियोबाट ठूलो पर्दामा छविले प्रवेश गराएका थिए।