झापाकी निकिताले जितीन ‘मिस टीन भारत’को उपाधि

Newslaya Home

झापाकी निकिताले जितीन ‘मिस टीन भारत’को उपाधि

बिहीबार २६, असार २०७६

झापा । झापाकी निकिता थापामगरले भारतीय सौन्दर्य प्रतियोगिता ‘मिस टीन भारत’को उपाधि जितेकी छिन् ।

मेचीनगर नगरपालिका–५ की १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापाले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को परीक्षा दिएकी छिन् ।

निकिताले ‘मिस टीन भारत’ को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार वटा म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताएकी छन् ।