चलचित्र ‘साईनो’ को ट्रेलर सार्वजनीक (ट्रेलरसहित)

Newslaya Home

चलचित्र ‘साईनो’ को ट्रेलर सार्वजनीक (ट्रेलरसहित)

बिहीबार २६, असार २०७६

काठमाण्डौ । चलचित्र ‘साईनो’ को ट्रेलर सार्वजनिक भएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द निर्मित चलचित्र साउन २४ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको मुख्य भूमिकामा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमार रहेका छन् । चलचित्रका सह–निर्माता शरण थापा हुन् ।

चलचित्रमा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन छ । चलचित्रको ट्रेलरमा राजकुमार र मिरुनाको प्रेम, सामाजिक परिस्थिती, नीतासँगको भेटलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ ।