ग्रीसमा आँधी तूफानमा परेर ६ पर्यटकको मृत्यु

Newslaya Home

ग्रीसमा आँधी तूफानमा परेर ६ पर्यटकको मृत्यु

बिहीबार २६, असार २०७६

काठमाण्डौ । ग्रीस आएको आँधी तूफानमा परेर छ जना पर्यटकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार साँझ थेसालोनिकी नगरको हाल्कीडीकी क्षेत्रमा आएको आँधीमा परेर अन्य दर्जनौं व्यक्ति घाइते भएका छन् ।

प्रत्यक्षदर्शीले आँधी करीब २० मिनेटमात्र आएको बताएका छन् । आँधीका कारण कारहरू पल्टिएका, रुखहरू ढलेका र घरका छाना उडाएको जनाइएको छ ।

मृत्यु हुनेहरूमा रोमानिया र रुसी नागरिक रहेका छन् । उनीहरूलाई ढलेका रुख र घरका छानाले थिचेको बताइएको छ ।