पाकिस्तानमा बस दुर्घटना हुँदा १३ को मृत्यु

Newslaya Home

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ को मृत्यु

बिहीबार २६, असार २०७६

काठमाण्डौ । पाकिस्तानमा बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

राजधानी इस्लामावादबाट झण्डै ४५ किलोमीटरको दूरीमा पर्ने हसन अब्दलनजिकै तीव्र गतिमा गुडिरहेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको बस स्वात सहरबाट लाहौरतर्फ जाँदै गरेको थियो । दुर्घटनामा परी घाइते भएका यात्रुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।