अफगानिस्तानमा २० भन्दा बढी तालिवान लडाकू मारिए

Newslaya Home

अफगानिस्तानमा २० भन्दा बढी तालिवान लडाकू मारिए

बिहीबार २६, असार २०७६

काठमाण्डौ । सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा २० भन्दा बढी लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी तालिवान लडाकूहरू मारिएका हुन् ।

सेनाका प्रवक्ताले दिएको जानकारीअनुसार मङ्गलबार राति अबेर आक्रमण भएको हो । उनले सरकारी सुरक्षाकर्मीहरूले लडाकुहरूलाई लक्षित गरेर आक्रमण गरेको जानकारी दिएका छन् ।

प्रवक्ताले लडाकूतर्फ अन्य दश जना घाइते भएको बताएका छन् । भिडन्त भइरहेको बेला घटनास्थलबाट सयौँ स्थानीय बासिन्दा त्रासका कारण घर छाडेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।