वल्र्डकपबाट बाहिरियो भारत

Newslaya Home

वल्र्डकपबाट बाहिरियो भारत

बुधबार २५, असार २०७६

काठमाडौं । भारतलाई पराजित गर्दै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

२४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा अलआउट भयो ।

सुरुवातमा रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए । दुई ओभरमा भारतले आफ्ना महत्वपूर्ण तीन ब्याट्सम्यानहरु गुमाएको थियो ।

भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

रवीन्द्र र धोनीले ११६ रनको साझेदारी गरे पनि भारतले खेल हारेको हो ।

बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

यसअघि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको थियो ।

मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।

यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।