निर्मला पन्तकी आमालाई नगरपालिकामा जागिर, निर्मलाको नाममा पार्क

Newslaya Home

निर्मला पन्तकी आमालाई नगरपालिकामा जागिर, निर्मलाको नाममा पार्क

बुधबार २५, असार २०७६

कञ्चनपुर । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमाले नगरपालिकामा जागिर पाएकी छिन् ।

आमा दुर्गादेवीलाई भीमदत्त नगरपालिकाले दैनिक हाजिरीमा काम गर्ने गरी नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेकोले परिवार पाल्न गाह्रो भएको भन्दै दुर्गादेवीले निवेदन दिएपछि डोर हाजिरीमा नियुक्ति दिइएको नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए ।

निर्मलाको लागि न्याय माग्ने आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका सन्नी खुनाकी आमा मञ्जुलाईसमेत नगरपालिकाले जागिर दिएको छ । दुवैका परिवारले तीन–तीन लाख रुपैया राहत सहयोगसमेत पाइसकेका छन् ।

यसैबीच नगरपालिकाले निर्मलाको सम्झनामा उनी पढेको विद्यालयमा निर्मला स्मृति पार्क निर्माण गर्ने भएको छ । उल्टाखामस्थित सरस्वती मावि परिसरमा करीव ७ लाखको लगानीमा स्मृति पार्क निर्माण गर्न लागेको हो ।

नगरपालिकाले निर्मला हत्यापछि महिलाको सुरक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका छात्रालाई सेल्फ डिफेन्स तालिम दिन थालेको छ ।