सुनसरीमा दाउराले हानेर पतिको हत्या गर्ने पत्नी पक्राउ

Newslaya Home

सुनसरीमा दाउराले हानेर पतिको हत्या गर्ने पत्नी पक्राउ

बुधबार २५, असार २०७६

इनरुवा । दाउराले हानेर पतिको हत्या गर्ने इनरुवा ७ खिरखिरया मुसहरी टोलकी विमला ऋषिदेव पक्राउ परेकी छिन् ।

गत वैशाख ८ गते भएको घटनामा मुकेश ऋषिदेवको हत्या गरिएको थियो ।

अनुसन्धानका क्रममा पत्नी विमला ऋषिदेवले दाउरा हान्दा मुकेशको मृत्यु भएको खुलेको थियो । घटनालगत्तै भारत गएर बस्दै आएकी उनलाई सुचनाको आधारमा इनरुवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।