विराटनगर रंगशाला जलमग्न भएपछि मुख्यमन्त्री कप धरानमा

Newslaya Home

विराटनगर रंगशाला जलमग्न भएपछि मुख्यमन्त्री कप धरानमा

बुधबार २५, असार २०७६

धरान । मुख्यमन्त्री कप प्रदेश १, लिग फुटबल प्रतियोगिताका खेलहरु धरानमा हुने भएका छन् । विराटनगरमा गर्ने भनिएका प्रतियोगिता धरान सारिएको हो ।

विराटनगर रंगशाला पानीले जलमग्न भएपछि प्रतियोगिता धरानमा गर्ने निर्णय गरिएको हो । प्रतियोगिताअन्तर्गतका अन्तिम चरणको फाइनलसहितका सबै खेल धरानमा हुनेछन् ।

बुधबारको भारी वर्षापछि विराटनगरको सहीद रंगशालामा पानी जमेर खेल आयोजना हुने अवस्था छैन । मौसम प्रतिकुलताको कारण प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित धरान रंगशालामा हुनेछ ।

यसअघि, क्षेत्र १ को प्रतियोगिता धरानमा भएको थियो भने क्षेत्र २ र ३ को प्रतियोगिता उदयपुर र इलाममा भएको थियो । प्रतियोगिताका लागि प्रदेश सरकारले १ करोड रुपैया र अखिल नेपाल फुटबल संघ एन्फाले ३३ लाख रुपैया विनियोजन गरेको छ ।

विजेता टोलीले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया पाउनेछन् ।