भोजपुरमा एक्कासी हानिएको थिएन गोली, दुवै गोली प्रहरीले नै हानेको विप्लवको आरोप

Newslaya Home

भोजपुरमा एक्कासी हानिएको थिएन गोली, दुवै गोली प्रहरीले नै हानेको विप्लवको आरोप

बुधबार २५, असार २०७६

भोजपुर । विप्लवका कार्यकर्ताको समुह हतियारसहित भोजपुर छिरेको सुचना पाउनासाथ प्रहरी परिचालन गरिएको थियो ।

भोजपुरका प्रहरी प्रमुख डिएसपीले निगरानीका लागि सादा पोशाकका प्रहरी खटाएका थिए ।

सादा पोशाखमा हिड्ने घुमुवा प्रहरी जवान सञ्जिव राई ५ जनाको सिभिल टिममा थिए ।

विप्लवका ओखलढुङगा इञ्चार्ज नीरकुमार राईलाई भेटेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो । सो क्रममा केही बेर घम्साघम्सी पनि भएको थियो । सोही क्रममा प्रतिकारमा उनले संजिवमाथि गोली प्रहार गरेका थिए ।

नीरकुमारलाई नियन्त्रणमा लिन समस्या समस्या भए पछि अर्का प्रहरीले आत्मरक्षाका लागि नीरकुमार माथि प्रहरीले गोली चलाएको प्रहरीले दावी गरेको छ । उनीहरुलाई दुई दुई गोली लागेको थियो ।

नीरकुमारको साथबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको छ । प्रहरीका अनुसार भिडन्तमा मारिने प्रशान्त उपनाम भएका नीरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा हुन् । भोजपुरमा चन्दा आतंक मञ्चाएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।

भोजपुर भिडन्तमा मारिने प्रहरी जवान सञ्जिव राई लामो समयसम्म नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड थिए।

यता घटनामा चलेको दुवै गोली प्रहरीले नै प्रहार गरेको विप्लव माओवादीको आरोप छ । नीरकुमारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा प्रहरीलाई नै गोली लागेको समेत बताइएको छ । 

प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ । प्रदेश १ प्रहरी कार्यालयले विप्लव समूहका फरार व्यक्तिको खोजीलाई जारी राखेको छ ।