छविविरुद्ध शिल्पाले उजुरी दिनुको कारण खुल्यो, सम्बन्ध तोड्ने मुडमा शिल्पा

Newslaya Home

छविविरुद्ध शिल्पाले उजुरी दिनुको कारण खुल्यो, सम्बन्ध तोड्ने मुडमा शिल्पा

बुधबार २५, असार २०७६

काठमाडौं । छवि ओझाकी चौथी श्रीमतीको रुपमा विवाह गरेकी अभिनेत्री शिल्पा पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै उजुरी दिइन् ।

तेस्री श्रीमतीको रुपमा रेखा थापालाई भित्राएका छविले रेखासँगको डिभोर्सपछि शिल्पालाई श्रीमती बनाएका थिए । निकै ठूलो उमेर अन्तर रहेको यी दुईको जोडी अस्वभाविक देखिन्थ्यो । कतिले त छविको नाम र पैसा हेरेर शिल्पा आकर्षित भएको अनुमान गरेका थिए ।

यस्तो जोडीबिच आखिर के त्यस्तो बेमेल आयो भनेर धेरै तिरबाट चर्चा चलिरहेको छ । तर खासमा छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पाले सुरक्षा मागेको खुलेको छ ।

शिल्पा अहिले आफूले दाइ मान्दै आएका फोटोग्राफर विकास रौनियारको घरमा आराम गरिरहेकी छन् ।

छविसँग शिल्पाको १५ दिनअघि नै झगडा भएको बताइएको छ । छविको झापडको कारण शिल्पाले कान राम्रोसँग सुन्न नसकेको बताइएको छ ।

शिल्पाले तीन दिनअघि नै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीको मध्यस्थतामा दुई बिच एक चरण छलफलसमेत भइसकेको छ ।

शिल्पानिकट स्रोत अनुसार अब उनी छविसँग सम्बन्ध अघि बढाउने मुडमा छैनन् ।