श्रीमानसँग मिलेर एक महिलाले गरिन् पूर्वप्रेमीको हत्या

Newslaya Home

श्रीमानसँग मिलेर एक महिलाले गरिन् पूर्वप्रेमीको हत्या

बुधबार २५, असार २०७६

धनगढी । कैलालीमा एक महिलाले आफ्नो श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या गरेकी छन् ।

जिल्लाको चुरे गाउँपालिका ६, मड भन्ने ठाउँमा मजदूरी गर्ने गुल्मी जिल्लाका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या भएको हो । उनको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कुँवरको हत्या सोही स्थानका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामाले गरेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ । कुँवर कल्पनाका पूर्वप्रेमी रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

कुँवर आफ्नी श्रीमती कल्पनाको पूर्वप्रेमी रहेको लालबहादुर थाहा पाएपछि दुबैले सल्लाह गरेर कुँवरको हत्या गरेको कल्पना र लालबहादुरले प्रहरीलाई बताएका छन् ।

गत आइतबार असार २२ गते कल्पना र लालबहादुरले कुँवरको हत्या गरी नजिकैको सिमसेला खोला किनारामा गाडेका थिए । उनको शव उत्खनन गरी पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ ।

कल्पना र लालबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । दुबैले सल्लाह गरी आफूले घटना घटाएको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ ।