यूएईका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

Newslaya Home

यूएईका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र

बुधबार २५, असार २०७६

काठमाण्डौ । यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन रशीद अल मक्तुमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै यूएईका प्रधानमन्त्री शेख अल मक्तुमले सफल कार्यकालको शुभकामना दिँदै दुई देशबीचको सम्बन्धको विकास र नागरिकको हितमा सदैव समन्वय गर्ने बताए ।

गत माघ २९ गतेदेखि यूएईका लागि राजदूत नियुक्ति भएका ढकाल फागुनको अन्तिम सातादेखि यूएई आएर कार्यभार सम्हाल्दै आएका छन् ।