किन आउँछ गिजाबाट रगत ?

Newslaya Home

किन आउँछ गिजाबाट रगत ?

मङ्गलबार २४, असार २०७६

शिरा धमनीको असामान्य अवस्थामाः भिटामिन ‘सी’को कमी, शिरा धमनीको एलर्जी हुँदा रगत आउँछ ।

भिटामिन के को कमीः कलोजोसम्बन्धी रोग, स्प्रु भई भिटामिन के को कमीले रगत जम्न आवश्यक पर्ने प्रोथोम्बीनको कमी भई रगत आउने गर्छ ।

प्लेटलेटको असामान्य अवस्थाः प्लेटलेटको संख्यामा कर्मी वा बढी, प्लेटलेटको कार्यमा अक्षमताका कारण रगत आउँछ ।

रगत जम्ने प्रक्रिया, कोगुलेशनमा कमजोरीः हेफोफिलिया, डेङ्गुजस्ता रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउँने गर्छ ।

प्लेटलेट थ्रोम्बो प्लाष्टिक तत्व, पी.एफ.३ को कमीः युरेमिया, मल्टिपल माइलोमा, प्रोटुवेला परपूरा रोगीमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्छ ।

औषधिको प्रयोग बढी भएमाः एस्प्रिन, हेरापिन, डाइकुम्यारोलको कात्रा रगतमा बढी भएपनि गिजाबाट रगत आउने गर्छ । साथै पटक–पटक महिनावारी भइरहने र मासिक श्राव बढी हुने महिलामा पनि उक्त समयमा वा अन्य समयमा गिजाबाट रगत आउन सक्छ ।