मेट्रो रेलमा ३० पटक उठबस गरे फ्री टिकट पाइने

Newslaya Home

मेट्रो रेलमा ३० पटक उठबस गरे फ्री टिकट पाइने

मङ्गलबार २४, असार २०७६

विकसित देशहरुमा सहरी सार्वजनिक यातायातको सबैभन्दा प्रचलित माध्यम बनेको मेट्रो रेलमा अनेक खालका सुविधाहरु प्रदान गरिन्छ । रुसको मस्कोमा रहेको मेट्रो रेलले गज्जबको अफर चलाइरहेको छ, जुन सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मेट्रो रेलको फ्री टिकट पाउनकालागि यात्रुहरुले केवल ३० पटक उठबस गरे पुग्दछ । उक्त अफर अनुसार दुई मिनेट भित्रमा ३० पटक उठबस गर्नसक्ने व्यक्तिले मेट्रो रेलमा सित्तैमा यात्रा गर्ने अवसर पाउँदछ ।

जनताहरुलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउनका लागि यस्तो निर्णय गरिएको हो ।

अहिले मस्कोको उक्त स्टेशनमा सित्तैमा टिकट पाउनका लागि मान्छेहरु उठबस गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा यत्रतत्र फेला पार्न सकिन्छ । टिकट मेसिनको अगाडि ३० पटक उठबस गरेसँगै मेसिनले एउटा टिकट उपलब्ध गराउँदछ ।

रुसको राजधानी मस्को मोटोपन भएका मानिसहरुको सहरमा सबैभन्दा अग्रस्थानमा आउँदछ । त्यसैले मानिसहरुको मोटोपना घटाउनका लागि सरकारको यो कदम निकै नै उत्कृष्ट मानिएको छ ।