२०७६ आषाढ २४ गते मंगलबारको राशिफल

Newslaya Home

२०७६ आषाढ २४ गते मंगलबारको राशिफल

मङ्गलबार २४, असार २०७६

मेष । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

वृष । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।

कर्कट । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

सिंह । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।

कन्या । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला । घर व्यवहारको समस्याले सताउला । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रनेछ । सरकारी निकाएको भय रहला ।

वृश्चिक । नयाँ काममा हात हाल्ने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

धनु । जोश जाँगर र हिम्मत वढ्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

मकर । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।